दाङमा एक वृद्धालाई कुटपिट गरी लुटपाट
दाङ | जेठ ११, २०८०

दाङ: दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला घाइते भएकी छन् ।
घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरमै आयी एक जना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् ।
घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिएका छन् । एसपी वलीका अनुसार बुधबार दिउँसो करिब ४ बजे अन्धाजी २५ र ३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा शरीरका विभिन्न भागमा प्रहार गरेको थियो ।
ती व्यक्तिले रोकाको ढाई तोलाको सुनको सिक्री र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको एसपी वलीले बताएका छन् । ती व्यक्तिको खोजी कार्य भइरहेको छ ।
घाइते रोका आफ्नी माइली छोरीसँग घरमा बस्दै आएकी थिइन् । बुधवार दिउँसो उनी घरमा एक्लै भएको मौका छोपेर उक्त घटना भएको हो । ‘घटनाको प्रकृति हेर्दा लुटपाट जस्तो देखिन्छ,’ एसपी वलीले भने, ‘यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।’
प्रहरी प्रमुख वलीले आफू रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको बताए । ‘घटना कसले र किन गर्यो अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटना नजिक पुगेका छौं, दोषी छिट्टै पत्ता लगाउछौं ।’
काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज (शुक्रबार) तीन जनाको बयान जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ । बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण,...
पोखरा: पोखरामा गण्डकी प्रदेशस्तरीइ तीन दिने खेल पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गत १७ देखि सुरु गरेको तालिम आज (शुक्रबार) सकिएको हो । ...
काठमाडौं: सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट दर्ता भएको छ । बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो ।...