सगरमाथा आरोही बुढामगरलाई प्रधानमन्त्री प्रचण्डको बधाई
काठमाडाैं | जेठ ९, २०८०
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको आरोहण गर्नुभएका हरिबहादुर बुढामगरलाई बधाई दिनुभएको छ।
मंगलबार दिउँसो प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा भेटेर बुढामगरलाई बधाई दिनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ। यसअघि मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेललेसमेत बधाई दिनुभएको छ।
ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राख्नुभएको विश्व कीर्तिमानको सबैले प्रशंसा गरेका छन्।
बुढामगरले सगरमाथा आरोहण गरेर शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास बढाउनुभएको छ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

