लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालको ध्यानाकर्षण

पाेखरा | जेठ ९, २०८०

लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालको ध्यानाकर्षण

पोखरा:    विज्ञापन बोर्ड नेपालले पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन जेठ १५ देखि रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।


बोर्डको उक्त निर्णयले पत्रपत्रिकाको नियमित प्रकाशन तथा पत्रकारहरुको रोजगारमा समेत प्रत्यक्ष असर पर्ने भन्दै लोककल्याणकारी विज्ञापन प्रकाशनलाई निरन्तरता दिनुपर्ने माग गरेको छ ।


संघका तर्फबाट केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी र हालको आर्थिक मन्दीका कारण अप्ठेरोमा परेको सञ्चारजगतलाई अनुदान कटौतीले अझै आहत पुग्ने भन्दै सरकारलाई यसतर्फ छिटो ध्यान दिन आग्रह गरिएको छ । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ...

थप पढ्नुहोस्

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या...

थप पढ्नुहोस्

तनहुँ:    बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी...

थप पढ्नुहोस्