२२ वर्षीया रोकामगरको उपचार रोकियो, आर्थिक सहयोग गर्न अपिल
आइसियुको विरामी सर्जरी वार्डमा सार्न बाध्य
पाेखरा | बैशाख ३१, २०८०
पोखरा: आर्थिक अभाव हुँदा म्याग्दीकी २२ वर्षीया थमकुमारी रोकामगरको उपचार रोकिएको छ ।
वैशाख २६ गते म्याग्दीको मालिका गाउँपालिका ३ पात्लेमा घाँस काट्ने क्रममा भिरबाट लड्न पुग्दा गम्भिर चोट लागेको रोकामगरको आर्थिक अभाव हुँदा उपचारमा समस्या भएको हो ।
२६ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनको टाउकोमा चोट लागेको थियो । रोकामगरको दर्वाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि अप्रेसन नै गर्नुपर्ने भएकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।
तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा बेड खाली नभएपछि गण्डकी मेडिकल कलेज ल्याएको ओमकुमारीका श्रीमान विकलले बताए ।
उनले आफुले जोहो गरेर ल्याएको २५ हजारमध्ये १२ हजार एम्बुलेन्सलाई दिएको सुनाए । बाँकी रहेको पैसाले केही नहुने बताउदै विकलले भने, ‘हामी त आपतमा परेको देखेर अलिअलि यही बिरामी ल्याउनुभाकाहरुले दिनु भो अब त के गर्नी गर्नी भाछ ।’
छोरीको त्यो हालत देखेर थमकुमारीको आमा चन्द्रकली पुनमगरलाई चैन छैन ।
छोरीको उपचारका लागि कसरी पैसा जोहो गर्न भन्ने कुराले निकै पिरोलेको चन्द्रकलीले बताइन् । ‘यो अस्पतालमा ल्याएर आइसियुमा भर्ना ग¥यौं । एकदिनकै १४ हजार लाग्ने रहेछ, पैसा नभएपछि एकदिन भन्दा धेरै आइसियुमा राख्न सकेनौं,’ उनले भनिन् ।
गत २७ गते अस्पतालमा भर्ना गरेको बिरामीको उपचारमा आर्थिक अभाव भएपछि एकदिन भन्दा धेरै आइसियुमा राखेर उपचार गर्न नसकेपछि सर्जरी वार्डमा झार्न बाध्य भएको चन्द्रकुमारीले सुनाईन् ।
‘आईसियुको बेडको ६ हजार रहेछ, औषधीको ८ हजार लाग्ने रहेछ, साथमा भएको पैसाले एकदिन पुग्यो त्यसपछि अर्को दिनलाई नपुगेपछि सर्जरी वार्डमा राखेको छु, अहिले अस्पतालमा नै भएका बिरामीका आफन्तको सहयोगमा सामान्य उपचार भइरहेको छ,’ उनले भनिन् ।
बिरामी रोका मगरको ८ महिनाको छोरी छ । उनको श्रीमान ज्यालामजदुरी गर्छन् । कतैबाट उपचार खर्च जोहो नभएपछि छोरीको अप्रेसन नहुने चिन्ता छ । ‘ज्वाईको कमाई नै छैन, छोरीको हालत यस्तो छ, पुन मगरले भनिन्, ‘पैसा खोज्न नसकेपछि छोरीको अप्रेसन हुन्नकी भन्ने चिन्ता बढेको छ ।’
आर्थिक सहयोग गर्न अपिल
उपचार गर्न आर्थिक अभाव भएपछि बिरामीकी आमा चन्द्रकलीले सहयोगको अपिल गरेकी छिन् ।
बिरामी छोरीको टाउकोको अप्रेसन गर्नका लागि रकम अभाव भएपछि आर्थिक सहयोग गर्न आग्रह गरेकी हुन् ।
उनले थमकुमारीको उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुले ९८६४३७६१६१ मा सम्पर्क गर्न आग्रह गरेकी छिन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

