करेन्ट लागेर मल्लको मृत्यु
नवलपुर | जेठ ३०, २०७९
नवरपरासी: पूर्वी नवलपरासीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
हुप्सेकोट गाउँपालिका ३ का वर्ष ६० का कोश बहादुर मल्लको करेन्ट लागेर आज (सोमबार) बिहान मृत्यु भएको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मृतक मल्ल हुप्सेकोट गाउँपालिका ४ झ्यालबासस्थित खेतमा पानी लगाउन गएका थिए ।
सोही क्रममा खेत नजिकै रहेको बिजुलीको तारलाई छुदाँ करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

