१३ लाख बढीको बियर नष्ट
पाेखरा | बैशाख २७, २०८०
photo Parbin Magar
पोखरा: पोखरामा म्याद गुज्रेको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नष्ट गरेको छ ।
लाभाजु इन्टरप्राइजेजको स्टोरबाट बरामत गरेको १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँको म्याद गुज्रेको बियर प्रशासनले पोखरा महानगरपालिका १७ मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले म्याद गुज्रेका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजकसहित प्रशासनमा उपस्थित हुन सूचना पठाइएको जानकारी दिए ।
लाभाजुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी भानुभक्त ढकालले जानकारी दिए ।
प्रशासनले ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर पोखरा महानगरपालिका ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजेजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको म्याद गुज्रेको बियर बरमत गरेको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

