पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बियर प्रशासनको नियन्त्रणमा

पाेखरा | बैशाख २६, २०८०

पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बियर प्रशासनको नियन्त्रणमा

पोखरा:   पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बर्डवाइजरको बियर प्रशासनले नियन्त्रणमा लिएको छ । 


पोखरा महानगरपालिका ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु  इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । 


‘स्थानीयहरुले लावाजु इन्टरप्राइजको स्टोरबाट म्याद गुज्रेको बियर बिक्री हुँदै आएको छ भन्ने गुनासो आएपछि अनुगमनको क्रममा जाँदा म्याद गुज्रेको बियर बरामत गरेका हौं, ढकालले भने, ‘भोलि म्याद गुज्रेको बियरलाई सरकारवालाहरुको उपस्थितिमा बियर नष्ट गछौं, त्यसपछि म्याद गुज्रेको बियर कसरी पोखरा ल्याइयो भनेर थप अनुसन्धान गछौं ।’


उनका अनुसार बर्डवाइजरको बियर पोखरा लाभाजु  इन्टरप्राइजको स्टोरबाट बरामत भएको हो । ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर प्रशासनले बरामत गरेको हो । 


कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार म्याद गुज्रेका बियर नष्ट गरेपछि ऐन अनुसार कारवाही हुने जानकारी दिए । 
 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्