फरार टोपबहादुर पोखरामा ! स्वकीय जिसी पनि सम्पर्कविहीन, धुइँपत्ताल खोज्दै कास्की प्रहरी
पाेखरा | बैशाख २३, २०८०
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् ।
प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको एक कार्यक्रममा अतिथि थिए । कार्यक्रम सकेर बुटवल झरेका उनी त्यसयता सम्पर्कविहीन भएका हुन् ।
बुटवलपछि रायमाझी कता लागे भन्ने थाहापत्तो नलागेकोबेला उनी पोखरा आसपास भएको झिनो सूचना कास्की प्रहरीे पाएको छ । सूचना पाएलगत्तै कास्की प्रहरीको टोली शुक्रबार रातभर सम्भावित स्थानमा रेकी र खोजबीनमा जुटेपनि सफल हुन सकेको छैन ।
‘हामीले पनि रायमाझी पोखरामै भएको सूचना पाएको हौं’ जिप्रका कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक अजय केसी भन्छन् ‘सोही अनुसार प्रहरी खटिरहेको छ ।’ केसीका अनुसार पोखरामै भएको सूचना सही वा गलत के हो भन्नेमा प्रहरी विश्वस्त हुन सकेको छैन ।
रायामाझी पोखरामै रहेको खण्डमा प्रक्राउ गरेरै छाड्ने प्रमुख केसीले बताए । ‘नागरिकलाई पनि सूचना दिएर सहयोग गर्न अपील गर्दछु’ केसीले भने ।
सुनगाभालाई प्राप्त सूचना अनुसार कास्की प्रहरीले रायामाझीको मोबाइल लोकेसनअनुसार पोखरामा रहेको आशंका गरेको हो । फरार रायामाझीको मोबाइल नम्बर हाल उनका स्वकीय सचिवले प्रयोग गरेका छन् ।
स्वकीय पोखराकै बुद्धचोक आसपासमा क्याटरिङ सञ्चालन गर्छन् । सोही आधारमा कास्की प्रहरी सक्रिय भएको हो । रायामाझी मन्त्री भएदेखि नै स्वकीयको जिम्मेवारी पाएका जिसी पनि पोखरामा नभएको पाइएको छ ।
जिसीको मोबाइल नम्बर उनकै क्याटरिङ्का स्टाफले रिसिभ गर्छन् । जिसीबारे सोध्दा आफुलाई केही थाहा नभएको र मोबाइल अफिसमै छाडेर काठमाण्डौं गएको स्टाफले बताए । उनका अनुसार तीन दिन अघिदेखि जिसी क्याटरिङ्मा गएका छैनन् ।
‘मेरो बिजनेश कल आयो भने रिसिभ गर्नु भनेर यही मोबाइल छाडेर जानु भएको छ’ स्टाफले भने ‘अर्काे नम्बर पनि होला तर मलाई थाहा छैन ।
जिसी पोखराबाट सञ्चालित फेवा टेलिभिजनका प्रबन्ध निर्देशकसमेत रहेका छन् ।
नेकपा माओवादीमै रहँदा रायामाझीलाई नजिकबाट सहयोग गर्ने केही हितैषिले भने रायामाझी पोखरा आएर लुक्न सक्ने अवस्था नभएकाले यता नभएको दाबी गर्छन् । रायामाझीका ससुरा र आफन्तजनहरु पहिलैदेखि भारततिरै भएकाले बुटवलबाट उनी भारतै पसेको हुनसक्ने उनीहरुको अनुमान छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

