विन्ध्यवासिनी क्याम्पस वाटुलेचौरद्धारा जनप्रतिनिधिहरुको स्वागत तथा बिदाइ
पाेखरा | जेठ ३०, २०७९
पोखरा : पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्यामपसले पोखरा महानगरपालिका वडा नं. १६ का नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा पूर्व जनप्रतिनिधिको बिदाइ गरेको छ ।
विन्ध्यवासिनी क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चित्रबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा, अविर र मायाको चिनोद्धारा स्वागत तथा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै क्याम्पस संचालक समितिका सल्लाहकार रामबहादुर बानियाँले क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकोले यसलाई सहयोग गर्ने तर्फ नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट आफ्नो मन्तव्य राख्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले आफु पनि क्याम्पस संचालक समितिको सदस्यको रुपमा रही आएकोले क्याम्पसको विकासमा लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सभाध्यक्षको तर्फबाट आफ्नो मन्तव्य व्यक्त गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँले आगामी असार १८ गते शनिबार बिहान १० बजे विन्ध्यवासिनी मा.वि.को सभाहलमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा अधिवेशन कार्यक्रम गर्ने जानकारी गराउँदै अधिवेशनलाई भव्य एवं सभ्य रुपमा सफल पार्न सबैलाई आव्हान गर्नु भयो ।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख विजय शर्माले क्याम्पसको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो र क्याम्पसका लेखापाल भीमबहादुर गायकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

