अझै भेटिएनन् हिउँपहिरोमा पुरिएकी इश्वरी र छिमी

दार्चुला | बैशाख २१, २०८०

अझै भेटिएनन् हिउँपहिरोमा पुरिएकी इश्वरी र छिमी File Photo

दार्चुला:  मंगलबार दिउँसो दार्चुलाको व्याँस गाउँपालिका–१ को भोलुम डाँडामा गएको हिमपहिरोमा पुरिदाँ दुई जना अझै बेपत्ता छन् । 

 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेका अनुसार बेपत्ता हुनेहरुमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको रहेका छन् । उनीहरुको खोजीकार्य तिब्र पारिएको पाण्डेले जानकारी दिए । 

 

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले हाल बेपत्ता उनीहरुको खोजीकार्य गरिरहेको छ । 
 

मंगलबार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।

 

सो ५ जना मध्ये दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव निकाल परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्