सिद्धिकाली मन्दिरको उद्घाटन सम्पन्न

पाेखरा | बैशाख २१, २०८०

सिद्धिकाली मन्दिरको उद्घाटन सम्पन्न

 

 

पोखरा, २० वैशाख ।   तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ मा पर्ने ज्यामिरबोट सुन्दरीगाउँमा अवस्थित सिद्धिकाली मन्दिर उद्घाटन तथा मूर्ति प्राणप्रतिष्ठा सम्पन्न भएको छ ।​

 

आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर निर्माण समितिद्वारा आयोजित एक कार्यक्रमका बीच आज प्रदेशसभा सदस्य श्यामराजा महतले मन्दिरको उद्घाटन गर्नुभएको थियो । 

 

कार्यक्रममा प्रदेशसभा सदस्य महतले यस क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिद्धिकाली मन्दिरको विकासका लागि समितिले भक्तजन र शुभेच्छुकलाई सहयोग गरौं भन्ने वातावरण सृजना गरे आर्थिक सहयोग जुटाउन समस्या नहुने उहाँले बताउनुभयो ।

 

देशमा आर्थिक संकट उत्पन्न भएको र यसको समाधानकालागि कृषि क्षेत्रलाई प्रा​थमिकता दिई उत्पादनतर्फ जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “बैंक, सहकारी कतै पैसा पाइन्न, लिएको ऋण उठाउन वित्तीय संस्थाले छोड्दैन अब गाउँघरका बाँझो जमिनमा उत्पादन गरेमात्र अहिलेको अवस्थालाई पार लगाउन सकिन्छ ।” 
    

२०७८ साल जेठ ४ गते शिलान्यास गरिएको मन्दिर निर्माणकालागि हालसम्म करिव १२ लाख रुपैँया खर्च भएको समितिका सचिव ढकालले जानकारी दिनुभयो । शुनपा–१ ज्यामिरबोटमा अवस्थित आँखेताल हाल सामान्य रुपमा संरक्षण गरिएको छ । सोहि ताल परिसरमा सिद्धिकाली मन्दिर निर्माण गरिएको हो ।  सो क्षेत्रको संरक्षण र विकासकोलागि करिब तीन वर्ष अघि निर्माण समिति गठन गरिएको थियो । प्रतियोगिताबाट बचत रकम समेत मन्दिरको विकासको लागि खर्चिएको समितिले जनाएको छ । यहाँस्थित आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका साथ शुक्लागण्डकी नगरपालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अभियानका साथ जुटेका हुन् ।

 

यसको संरक्षण र विकासका लागि पाँच  वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले विशेष सक्रियता देखाएका थिए । उनीहरुबाट सहयोग संकलन गर्दै सुरु गरिएको अभियानसँगै हाल आएर मन्दिरको उद्घाटन एवम् प्राणप्रतिष्ठासम्म आइपुग्नलाई निकै महत्वका साथ हेरिएको छ ।

 

पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने यहाँ आउन बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल बनिसकेका अवस्थामा यो एउटा आन्तरिक पर्यटनको राम्रै गन्तव्य बन्न सक्ने विश्वास लिइएको छ ।

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ ।   धादिङका प्रमुख जि...

थप पढ्नुहोस्