सिद्धिकाली मन्दिरको उद्घाटन सम्पन्न
पाेखरा | बैशाख २१, २०८०
पोखरा, २० वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ मा पर्ने ज्यामिरबोट सुन्दरीगाउँमा अवस्थित सिद्धिकाली मन्दिर उद्घाटन तथा मूर्ति प्राणप्रतिष्ठा सम्पन्न भएको छ ।
आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर निर्माण समितिद्वारा आयोजित एक कार्यक्रमका बीच आज प्रदेशसभा सदस्य श्यामराजा महतले मन्दिरको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य महतले यस क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिद्धिकाली मन्दिरको विकासका लागि समितिले भक्तजन र शुभेच्छुकलाई सहयोग गरौं भन्ने वातावरण सृजना गरे आर्थिक सहयोग जुटाउन समस्या नहुने उहाँले बताउनुभयो ।
देशमा आर्थिक संकट उत्पन्न भएको र यसको समाधानकालागि कृषि क्षेत्रलाई प्राथमिकता दिई उत्पादनतर्फ जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “बैंक, सहकारी कतै पैसा पाइन्न, लिएको ऋण उठाउन वित्तीय संस्थाले छोड्दैन अब गाउँघरका बाँझो जमिनमा उत्पादन गरेमात्र अहिलेको अवस्थालाई पार लगाउन सकिन्छ ।”
२०७८ साल जेठ ४ गते शिलान्यास गरिएको मन्दिर निर्माणकालागि हालसम्म करिव १२ लाख रुपैँया खर्च भएको समितिका सचिव ढकालले जानकारी दिनुभयो । शुनपा–१ ज्यामिरबोटमा अवस्थित आँखेताल हाल सामान्य रुपमा संरक्षण गरिएको छ । सोहि ताल परिसरमा सिद्धिकाली मन्दिर निर्माण गरिएको हो । सो क्षेत्रको संरक्षण र विकासकोलागि करिब तीन वर्ष अघि निर्माण समिति गठन गरिएको थियो । प्रतियोगिताबाट बचत रकम समेत मन्दिरको विकासको लागि खर्चिएको समितिले जनाएको छ । यहाँस्थित आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका साथ शुक्लागण्डकी नगरपालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अभियानका साथ जुटेका हुन् ।
यसको संरक्षण र विकासका लागि पाँच वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले विशेष सक्रियता देखाएका थिए । उनीहरुबाट सहयोग संकलन गर्दै सुरु गरिएको अभियानसँगै हाल आएर मन्दिरको उद्घाटन एवम् प्राणप्रतिष्ठासम्म आइपुग्नलाई निकै महत्वका साथ हेरिएको छ ।
पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने यहाँ आउन बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल बनिसकेका अवस्थामा यो एउटा आन्तरिक पर्यटनको राम्रै गन्तव्य बन्न सक्ने विश्वास लिइएको छ ।
ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...
काठमाडौं: नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

