एक वर्षमा ५५ वटा प्रेस स्वतन्त्रता हननका घटना

काठमाडाैं | बैशाख २०, २०८०

एक वर्षमा ५५ वटा प्रेस स्वतन्त्रता हननका घटना

काठमाडौं:    एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएका छन् । मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । 


गएको वर्ष यही अवधिमा ७५ वटा घटना अभिलेख भएका थिए । यसबाट ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएका छन् । महासङ्घको सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनामा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् । कब्जा अवरोधका सात, दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका दुई, विस्थापन एक र पेसागत असुरक्षाका ५५ वटा घटना भएका छन् ।


इन्टरनेटको बढ्दो प्रयोगसँगै प्रेस स्वतन्त्रतामाथि आक्रमणका प्रवृत्ति पनि बढेका छन् । सामाजिक सञ्जालमार्फत पत्रकारको बेडरुमसम्म पनि धम्कीका सन्देश पुग्ने गरेका छन् । यस्ता धम्कीको आधिकारिक तथ्याङ्क नभए पनि पत्रकार महासङ्घका विभिन्न तहको नेतृत्व गर्ने नेतृत्वकर्तासँको संवादको आधारमा यो सङ्ख्या सामान्यरूपमा अनुमान गरेभन्दा धेरै हुनसक्ने महासङ्घका महासचिव रोशन पुरीले जनाकारी दिनुभयो । 


महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पनि पत्रकारको पेसागत सुरक्षाको अभाव जनाउँदै सयौँ उजुरी आएका छन् ।
    

त्यसैगरी इन्टरनेटको विकाससँगै सुरु भएको डिजिटल पत्रकारिता चुनौती र अवसरको बीचमा रहेको महासङ्घको भनाइ छ । कमजोर साइवर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यमा अनाधिकृत प्रवेश गरी समाचार हटाउनेजस्ता घटना बढ्न थालेको महासङ्घले जनाएको छ । श्रमजीवी पत्रकार ऐन, २०५१ को पूर्ण पालना नहुँदा आज पनि पत्रका पारिश्रमिकबाट वञ्चित हुनुपरेको महासचिव पुरीको भनाइ छ । 


महासङ्घका अध्यक्ष विपुल पोखरेलले भन्नुभयो, “मुलुकले संविधानसभामार्फत निर्मित संविधानको आधारमा सङ्घीयताको अभ्यास थालेको पनि आठ वर्ष भइसकेको छ तर, यतिका अवधि भइसक्दा पनि अझ पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माण हुन सकिरहेका  छैनन् ।”

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।  संस्थागत सामाजिक उत्तरदायि...

थप पढ्नुहोस्

पोखरा:       गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ ।   ...

थप पढ्नुहोस्

पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

थप पढ्नुहोस्