नेपाली भाषा शिक्षक परिषद्को कार्यक्रम सम्पन्न

पाेखरा | बैशाख १७, २०८०

नेपाली भाषा शिक्षक परिषद्को कार्यक्रम सम्पन्न

पोखरा:   नेपाली भाषा शिक्षक परिषद्को पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यक्रम सम्पन्न भएको छ । 


‘भाषा सभ्यताको संवाहक हो’ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रम गर्दै आएको  नेपाली भाषा शिक्षक परिषद्,कास्की, नेपालले परिवर्तित कक्षा ५,८ र १०  को पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रहेर नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकाहरूको सहभागिता  र पाठ्यक्रमविद् इन्दु खनालको सहजीकरणमा पाठ्यक्रम तथा पाठ्यपुस्तक  प्रबोधीकरण कार्यक्रम सम्पन्न गरको हो ।


 उक्त  कार्यक्रमका प्रमुख अतिथि एवंम् शिक्षा विकास तथा समन्वय इकाई ,कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले  शुभकामना मन्तव्य राख्दै  नेपाली भाषा शिक्षक परिषद्ले समय समयमा शिक्षकको पेसागत अभिवृद्वि, भाषा विकास र विद्यार्थीलक्षित कार्यक्रम गरेर पु¥याएको योगदानको प्रशंसा गर्दै  यस्ता कार्यक्रममा आफ्नो सधैं साथ रहने प्रतिबद्वता व्यक्त गरेका थिए । 


कार्यक्रममा सल्लाहकार एवंम् संस्थापक अध्यक्ष   माधवशरण उपाध्याय ,प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल ,कुमुदिनी होम्स माध्यमिक विद्यालयका संस्थापक निर्देशक अशोक पालिखेलगायतले शुभकामना मन्तव्य राखनुका साथै किुमुदिनी होम्स मा. वि.को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापनरत  दुई सयभन्दा बढी शिक्षक शिक्षिकाहरूको सहभागी भई लाभान्वित भएको जानकारी संस्थाका उपाध्यक्ष बिक्रम पौडेलले दिएका हुन । 


परिषद्का अध्यक्ष  डिल्लीराम अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव शिवहरि सुवेदीले गर्नुभएको जानकारी परिषद्का सचिव नारायणप्रसाद पराजुलीले दिएका छन ।
 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्