सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको छ: मुख्यमन्त्री पाण्डे
पाेखरा | बैशाख १७, २०८०

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचौं साधारण सभाको उद्घाउनपछि बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताएका हुन् । उनले दैविक प्रकोप पूर्वतयारी र प्रकोप पछिको अवस्थामा रेडक्रसले खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।
‘गण्डकी प्रदेश पनि प्राकृतिक प्रकोपको बढि प्रभावित हुने प्रदेश भएकाले रेडक्रसको ठुलो भूमिका रहेको भन्दै भुकम्पको अवस्थामा पनि रेडक्रसले ठुलो भूमिका निभाएको सबैलाई थाहा छ, जनताको साथमा रहेको काम गर्नुभयो त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’ मुख्यमन्त्री पाण्डेले भने ।
मुख्यमन्त्री पाण्डेले रेडक्रसको केन्द्रीय अधिवेशन केही वर्षदेखि रोकिएको भन्दै रेडक्रसको नेतृत्व गर्नेहरुमा समस्या देखिएको बताए । ६० वर्ष सम्म मानविय सहयोगको लागि काम गरेको संस्थालाई व्यवस्थित गर्नुपर्ने पाण्डेले जोड दिए ।
कार्यक्रममा बोल्दै रेडक्रस लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनीले रेडक्रसले खेलेको भूमिकालाई केही घटनाका आधारमा नजरअन्दाज गर्न नहुने बताए । प्रदेश संरचना नयाँ भएकाले स्थापित गर्नका लागि सबैले पहल गर्नुपर्ने उनले बताए ।
रेडक्रस बागमतीका महासचिव रामजी पौडेलले केन्द्रीय समितिको महाधिवशेनका लागि जिल्ला जिल्लाबाट दवाव दिनुपर्ने बताए । उनले रेडक्रसको असल प्रयासलाई धमिलो हुन दिन नहुनेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नपाल रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक पुजा कोइरालाले नेपाल रेडक्रसको अन्तराष्ट्रिय पहिचान उत्कृष्ट रहेको बताइन् । कोइरालाले समिति विहिन भए पनि केन्द्रीय रेडक्रसले नियमित रुपमा संचालन भइरहेका कार्यलाई निरन्तरता दिइरहेको भनाई राखेकी थिइन् ।
तनहुँ रेडक्रसका सभापति प्रा.डा. कृष्ण प्रसाद गौतमले रेडक्रसका गतिबिधिलाई निरन्तर समाजसंग जोड्नुपर्नेमा बताए ।
युवा रेडक्रस सर्कल भनुभक्त क्याम्पस तनहुँका सभापति सुनिता तिवारीले रेडक्रसबाट आफुले सिक्ने अवसर पाएको बताइन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सीनाले रेडक्रसको भूमिकालाई कमजोर हुन दिन नहुने बताइन् ।
कार्यक्रममा रेडक्रस पर्वत र कास्की शाखाका कर्मचारीलाई दोसल्ला, प्रमाणपत्र र नगद ५ हजारले सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा पर्वत रेडक्रस कार्यालय प्रमुख खेम बहादुर क्षेत्री र कास्की शाखा प्रमुख मोहन सिंह खड्का रहेका छन् ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...
पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...
पोखरा: कास्कीको तीन पालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा भोलि कास्कीको अन्नपूर्ण, मादी र माछा...