पोखरामा मनोसामाजिक मनोविमर्शको आधारभूत तालिम
पाेखरा | बैशाख १७, २०८०
पोखरा: पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना र कोशिशको प्राविधिक सहयोगमा पोखरा महानगरभित्र रहेका ५४ जना नर्सिङ स्वास्थ्यकर्मीहरुलाई ५ दिने मनोसामाजिक मनोविमर्शको आधाभूत तालिम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाभित्र रहेको नर्सिङ स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी वैशाख ४ गते देखि ८ गते सम्म पहिलो समूह र बैशाख ११ देखि १५ गते सम्म ५४ जना स्वास्थ्यकर्मीहरुलाई दुई समूहमा विभाजन गरी तालिम सञ्चालन गरिएको मानसिक स्वास्थ्य फोकल दिपेन्द्र सुनारले जानकारी दिए ।
नेपालको संविधान २०७२ र मानसिक स्वास्थ्यको रणनीति २०७७ सबैलाई मानसिक स्वास्थ्य सबैको पहुँच र सर्व सुलभ बनाउने उल्लेख गरेको भए पनि मानसिक स्वास्थ्य कम प्राथमिकतामा परेको अवस्थामा पोखरा महानगरले यसलाई प्राथमिकताका साथ लिएको मानसिक स्वास्थ्य फोकल सुनारले बताए ।
पछिल्लो समय महानगरभित्र मानसिक स्वास्थ्य र आत्महत्याका घटनाहरु बढीरहेको अवस्थामा यस्ता तालिमले समस्याको पहिचान सही समयमा गर्न सकिने र थप सहयोगका लागि सिफारिस गर्न सकिने महाशाखा प्रमुख कृष्ण प्रसाद आर्यालले बताए ।
तालिममा मनोसामाजिक र मानसिक स्वास्थ्य समस्याको पहिचान, सहयोग कसरी गर्ने भन्ने बिषयमा केन्द्रीत थियो । तालिम कोशिशका मनोबिद्धहरु विजय राई, सिता भण्डारी, आरती अधिकारी र गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रवि राज तिमल्सेनाले सहजीकरण गरेका थिए । तालिमको समापनमा कोशिशका परियोजना संयोजक सुदीप घिमिरे, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत नानी वावु ढकाल, फुलदेव तिमल्सेनाको पनि उपस्थिति रहेको थियो ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

