हङकङ बजार व्यवसायीको ३ बुँदै माग, सम्बोधन नभए फुटपाथमा व्यवसाय गर्ने चेतावनी
पाेखरा | बैशाख १३, २०८०
पोखराः पोखरा महानगरपालिका ९ स्थित हङकङ बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले आफ्नो समस्या समाधान नभएको भन्दै ३ बुँदे मागसहित आन्दोलनको घोषणा गरेका छन् ।
कृषि सामग्री कम्पनी र नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा विगत १० वर्षदेखि व्यवसाय गर्दै आएपनि हङकङ बजारलाई टेण्डरमार्फत विस्थापन गर्न लागेको भन्दै पत्रकार सम्मेलन गरी ३ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
पोखराका सडकलाई फुटपाथ व्यवसायी मुक्त बनाउन २०६९ सालमा स्थापना गरिएको हङकङ बजारलाई ठेकेदारलाई फाइदा पुग्ने मनसायले बोलपत्र आह्वान गरिएको भन्दै आन्दोलनको घोषणा गरेको समितिका अध्यक्ष कृष्णकुमारी गुरुङले बताइन् ।
‘विगत १० वर्षदेखि कृषि सामाग्री कम्पनी र नगर विकास समति पोखराको स्वामित्वमा रहेको जग्गामा हङकङ बजारमा व्यवसाय सञ्चालन गर्दै आएका छौं, गुरुङले भनिन्, ‘उक्त स्थानमा व्यवसाय गरेवापत (६/९ र ९/९ को) सटरको मासिक भाडा बुझाउँदै आएपनि अहिले टेण्डरमार्फत व्यवसायीहरुलाई विस्थापन गर्न खोजिएको छ ।’
उनले फुटपाथ व्यवसायीहरुलाई हङकङ बजारमा व्यवस्थापन गरेपनि अहिले टेण्डरमार्फत भाडामा लगाउँदा राज्यलाई नभएर ठेकेदारलाई फाइदा पुग्ने भन्दै आन्दोलनको घोषणा गर्न बाध्य भएको बताईन ।
कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत बढाएर बोलपत्र आह्वान गरेको व्यवसायीको गुनासो छ ।
७ रोपनी क्षेत्रफलमा फैलिएको कृषि साम्रगी कम्पनीको जग्गा यसअगाडि नन्दप्रसाद तिवारीका छोरा मिलनप्रसाद तिवारीबाट कम्पनीले मासिक रुपमा २ लाख ४४ हजार ५ सय १० बुझ्दै आएपनि ०७८ माघ २९ गतेबाट मिलनसँगको करार अवधि सकिएपछि नयाँ करारका लागि चैत्र २१ गते गोरखापत्र दैनिकमा ३१ दिने अवधिको बोलपत्र कम्पनीले आह्वान गरेको हो ।
व्यवसायीको ३ बुँदै माग
हङकङ बजार व्यवस्थापन समितिले अस्वाभाविक भाडा वृद्धि गरि आह्वान गरेको टेण्डर खारेज गरि उचित भाडादर कायम गरी सिधै कृषि साम्रगी लिमिटेडले बजार व्यवस्थापन समितिसँग बुझ्ने व्यवस्था गर्न माग गरेको छ ।
समितिले अहिले तिरिरहेको सामान्य भाडादर भन्दा अस्वाभाविक रुपमा वृद्धि गरि आह्वान गरिएको टेण्डरमा प्रक्रियामा कसैलाई पनि सहभागि नहुनसमेत अनुरोध गर्दै, सहभागि भएर बजारमा भाडा उठाउन आए व्यसायीहरुले भाडा बुझाउन नसक्ने समितिले जनाएको छ ।
टेण्डर प्रक्रियामा सहभागि हुनुभन्दा पहिलो बजार व्यवस्थापन समितिसँग सरसल्लाह र छलफल गर्न दुवै पक्षलाई अनुरोधसमेत गरेको छ । माग सहजिकरण गर्न समिितले स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रहरी प्रशासन र सम्बन्धित कार्यालयमा अपिल गरेको छ ।
व्यवसायीहरुले ३ बुँदे मागलाई सम्बोधन नगरी न्यूनतम भाडा दर १२ लाख १५ हजारलाई कायम गरी टेण्डर प्रक्रियामा गए सम्पूर्ण व्यवसायीहरु पुन: फुटपाथमै व्यवसाय गर्ने चेतावनीसमेत दिएका छन् ।
समितिले वैशाख १४ गते बिहान १० देखि १२ बजेसम्म पोखरा महानगरपालिकाको कार्यालय र १५ गते कृषि साम्रगी कम्पनीको प्रादेशिक कार्यालयमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।
पाेखरा: तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ । शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटक...
‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो ...
नुवाकोट: तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको क...