जनप्रतिनिधि र ठेकेदार खोज्दै विरौटा-छोरेपाटन सडक खण्डमा स्थानीयको चक्काजाम
पाेखरा | बैशाख १२, २०८०

पोखरा: पोखराको विरौटा-छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले जनप्रतिनिधि र ठेकेदार खोज्दै सडक चक्काजाम गरेका छन् ।
सिद्धार्थ राजमार्गसँग जोडिएको पोखरा १७ विरौटा–छोरेपाटन सडक खण्ड राम विल्डर्स कम्पनीले ठेक्का लिएर समयमै काम सम्पन्न नगरेको भन्दै पटकपटक ध्यानाकर्षण गराएपनि निर्माणलाई तिव्रता नदिएको भन्दै स्थानीयले आज सडक चक्काजाम गरेको बताएका छन् ।
उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको भन्दै कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले संसदमा समेत जानकारी गराएकी थिईन् ।
विरौटा-छोरेपाटन सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीलाई सो योजना सम्पन्न गर्न सरकारले केही समय म्याद थप गरेको थियो ।
काठमाडौं: संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुन: सक्रिय ...
गलकोट: बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत पानी वितरण गर्दा मासिक रु पाँच लाख विद्युत् महसुल तिर्दै आएको छ । अधूरो लिफ्ट आयोजनाबाट खानेपानीको सङ्कट टार्नका ला...
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेशल...