पद्म नर्सिङ्ग होम नदीपुरमा प्रसुती सेवा सुरु
पाेखरा | बैशाख ११, २०८०
पोखरा: पद्म नर्सिङ्ग होम प्रा.लि. पोखरा-३, नदीपुररमा सुरक्षित प्रसुती सेवा सुरु भएको छ । प्रा.लि. मा आइतबार अप्रेसनको माध्यमबाट पहिलो पटक बच्चाको जन्म गराईएको हो ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे, वरिष्ठ बालरोग तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला एवं एनेस्थेसियालोजिष्ट डाक्टर अनिल न्यौपाने र डाक्टर बसन्त कोइराला लगायतको टिमद्वारा अप्रेसनको माध्यमबाट पद्म नर्सिङ्ग होम प्रा.लि. नदिपुरमा पहिलो बच्चाले जन्म लिएको छ ।
पोखरा-१७ बिरौटा निवासी रमेश भट्टराई र रेखा बराल भट्टराईले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिनुभएको हो । अप्रेसनको माध्यमबाट जन्मिएको २.५ केजी तौल भएको बच्चा स्वस्थ रहेको बरिस्ठ बाल रोग बिषेशज्ञ डाक्टर रामचन्द्र बास्तोलाले बताउनुभयो । “जन्मने बित्तिकै बच्चालाई आमाको दूध खुवाईएको छ बच्चा स्वस्थ छ । बच्चालाई अहिले आमाको दुधमा नै जोड दिन अभिभावकलाई आग्रह गरिएको छ । “उहाँले भन्नुभयो । यस्तै अप्रेसन पछि आमाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बरिस्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
पहिलो पटक पद्म नर्सिङ्ग होममा जन्म लिएको बच्चा भएकोले उक्त बच्चालाई १५ बर्ष हुँदा सम्म ओपिडी शुल्क छुट गरिएको प्रा.लि.का अध्यक्ष इन्दिरा शर्मा सुबेदीले जानकारी दिनुभयो । “पोखराको न्युरोडबाट नदिपुरमा सरिसके पछि हामीले नयाँ सुबिधाहरु थप गर्दै गईरहेका छौ आज पहिलो पटक यस संस्थामा नवजात शिशुले जन्म लिनुभएको छ । हामीले सफलता पुर्वक यो काम पनि गरेका छौ । यस सस्थामा जन्मिएको पहिलो बच्चालाई १५ बर्ष सम्म ओपिडी शुल्क नलिने निर्णय गरेको छौ । “ उहाँको भनाई छ ।
बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट पुर्ण रुपमा संचालनमा आएको हो ।
हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु, एक्सरे, भिडियो एक्सरे, इण्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगयतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

