उपल्लो मुस्ताङको छोसेर गाउँमा युनाइटेडले मनायो १३ औं वार्षिकोत्सव
एघारौ पोखरा महोत्सबवाट करिव १५ लाख बचत
मुस्ताङ | बैशाख ८, २०८०
मुस्ताङ: सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ ।
गुफै गुफाको गाउँले परिचित उपल्लो मुस्ताङको लोमान्थाङ गाँउपालिका वडा नम्बर २ मा रहेको छोसेर गाँउमा पुगेर युनाइटेड क्लबले वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि लोमान्थाङ गाँउपालिका वडा नम्बर २ का अध्यक्ष कर्मा नामग्याल गुरुङले पर्यटन र सामाजिक क्षेत्रमा काम गर्दै आएको पोखरामा रहेको युनाइटेड क्लबले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुफै गुफाको गाँउ छोसेरमा आएर आफ्नो वार्षिकोत्सव मनाएकोमा धन्यवाद ब्यक्त गरे ।
छोसेर गाँउ पछिल्लो समय गुफा गाँउले परिचित भइरहेको सन्दर्भमा पोखरामा रहेर पर्यटन प्रवद्र्धनको क्षेत्रमा समेत काम गर्दै आएको युनाइटेड क्लबले आफ्नो वडामा रहेको छोसेर गाँउमा आइपुगेर कार्यक्रम गरिरहदा आफु निकै हर्षित रहेको वताउदै युनाइटेड क्लवको प्रगतिको कामना समेत गरे ।
युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र दैवी प्रकोपको क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा १३ औँ वार्षिकोत्सव गण्डकी प्रदेशकै ऐतिहांसिक ठांउ लोमान्थाङ गाउपालिकामा रहेको गुफाको गाँउले परिचित छोसेरमा आएर वार्षिकोत्सव मनाउन पाउदा खुसी लागेको बताए ।
त्यस्तै क्लबका संस्थापक सह सचिव सन्तोष सिग्देलले युनाइटेड क्लब १३ औं वर्ष प्रवेश गरिरहदा संस्थाले लिएको उद्देश्य र लक्ष्य हांसिल गर्न अग्रसर भइरहेको आफुले महशुस गरेको वताउदै सामाजिक काममा लाग्ने युनाइटेड क्लबको अनुसरण गरेमा समृद्ध समाज बन्ने बताए ।
एघारौ पोखरा महोत्सबवाट करिव १५ लाख बचत
क्लबले गत पुष २७ देखी माघ १० गते सम्म आयोजना गरेको एघारौं पोखरा महोत्सवबाट १४ लाख ८२ हजार ६ सय ९९ रुपैैयाँ बचत गरेको छ ।
वार्षिकोत्सव समारोह मार्फत महोत्सवको आय ब्याय सार्वजनिक गर्दै एघारौ पोखरा महोत्सवबाट कुल आम्दानी ७६ लाख ४ हजार ४ सय गरेको र खर्च ६१ लाख २१ हजार ७ सय १ रुपैया खर्च भइ १४ लाख ८२ हजार ६ सय ९९ रुपैैयाँ बचत भएको क्लबका कोषाध्यक्ष तथा एघारौं पोखरा महोत्सवको अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन, (सेती खोंच एक साहसिक पर्यटकीय गन्तब्य)का लागि हरेक विद्यामा १५ प्रतिशत छुट्याइने छ भने केही रकम क्लबको आफ्नै जग्गामा आवासिय छात्राबास निर्माणको लागि छुट्याइने क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाँले बताए ।
स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट दशौं महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार पोखरा जुलोजिकल पार्क निर्माणका लागि प्रदान गरिसकेको बताउदै क्लबका अध्यक्ष राजु श्रेष्ठले पोखरा जुलोजिकल पार्क प्रदेश सरकारले प्रदेश गौरवको योजनामा पारी पञ्चवर्षिय योजनामा पारी २८ करोड भन्दा बढी बजेट बिनियोजन गरी जिल्ला डिभिजन बन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माणकार्य अगाडी बढेकाले एघारौं पोखरा महोत्सवबाट चिडियाखाना निर्माणका लागी क्लवले कुनैपनि रकम नछुट्याइएको बताए ।
पर्यटन प्रवद्र्धनका लागी छुट्याइदै आएको उक्त रकम एघारौं पोखरा महोत्सव देखी पर्यटन प्रवद्र्धन (सेती खोंच एक शाहसिक पर्यटकीय गन्तब्य)का लागी छुट्याइने बताउदै हरेक महोत्सवमा पोखराको बीच भागबाट बग्ने सेती नदी संरक्षणका लागि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया छुट्याइदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ लगायतले बोलेका थिएभने क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेकोका कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तब्य राखेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

