पोखरा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर ६० वर्षीय दासको मृत्यु

पाेखरा | बैशाख ७, २०८०

पोखरा ल्याण्डफिल साइटमा डोजरले च्यापिएर ६० वर्षीय दासको मृत्यु Photo Sandip Paudel

पोखरा:    पोखरा महानगरपालिका-३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 


पोखरा ३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा आज साँझ डोजर अनियन्त्रित भएर दुर्घना हुँदा डोजरका चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । डिएसपी बिकका अनुसार पोखरा महानगर १५ रामबजार बस्ने मुसाफिरको घटनास्थलमै मृत्यु भएको हो ।


घटनाको थप अनुसन्धान गर्न कास्की प्रहरीको टोलि अहिले लामेआहालस्थित ल्याण्डफिल साइट दुर्घटना स्थल पुगेको कास्की प्रहरीले जनाएको छ ।
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्