पोखरामा बसको टेलिभिजन चोरी गर्ने बिनोद प्रकाउ
पाेखरा | बैशाख ७, २०८०
पोखरा: पोखरामा पार्किङ गरेर राखेको बसको टेलिभिजन चोरी गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ४ गैह्रपाटनमा पार्किङ गरेर राखेको ग १ ख ८९७४ नम्बरको बसमा राखिएको एलजी कम्पनीको ४२ ईन्चको टेलिभिजन १ थान , स्पिकर १ थान र १ थान क्यासेट चोरी गरेको आरोपमा धादिङ जिल्ला भएर पोखरा ४ बस्ने २६ वर्षीय बिनोद परियारले कास्की प्रहरीले प्रकाउ गरेको हो ।
चोरी आरोपमा प्रकाउ परेका परियारलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा दिन ५ को म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । परियारले चोरी गरेको टेलिभिजन छिमेकीलाई बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवक...

