पोखरामा तामाङ मातृभाषा र मौलिक बाजा तालिम सुरु
पाेखरा | बैशाख ६, २०८०
पोखरा: गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्ने छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश कला, साहित्य, संगीत र संस्कृतिको उर्वर भुमि भएको बताए ।
पछिल्लो समयमा भाषा, संस्कार र संस्कृतिलाई जोगाउदै पुस्ताहस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको क्रियाशिलताको मुख्यसचिव पन्थले प्रशंसा गरें । ‘यस भुमिको भाषा, संस्कार र संस्कृति जोगाउने मात्र नभएर पुस्ताहस्तान्तरण गर्न प्रदेश सरकारको प्रतिबिम्बको रुपमा गण्डकी प्रज्ञा प्रतिष्ठानले जसरी गति पैदा गरेको छ यो निकै सह्रानिय छ’ उनले भने ।
भाषा, संस्कार र संस्कृति हराए देश नरहने भएको सबै मिलेर यसको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । ‘हाम्रा भाषाहरु, संस्कार, संस्कृति हराए देश रहदैन तसर्थ देश जोगाउने अभियानमा तपाईको अग्रसरताप्रति आभार व्यक्त गर्दछु’ उनले थपे । तामाङ समुदायसँग भाषा र बाजा प्रशिक्षण मार्फत जोडिन पाएकोमा उनले खुशी व्यक्त समेत गरें ।
कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफुहरु गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा लागेको बताए । उनले रिजल्ट बेसमा काम गरिदिन प्रशिक्षार्थीसँग आग्रह गरें । ‘हामी गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा छौं । तपाईहरुसँगको सहकार्य सिङ्गो प्रज्ञा प्रतिष्ठानको लागि हौसला हो । हामी काम मार्फत रिजल्ट दिन चाहन्छौ । तपाईहरु रिजल्ट वेसमा काम गरिदिनुहोला’उनले भने ।
कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजक दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य पवित्रा तामाङ र सञ्चालन सचिव मिनमाया तामाङले गरेका थिए । प्रशिक्षण कार्यक्रममा भाषातर्फ २८ जना र बाजा तर्फ ३३ जनाको सहभागीता रहेको छ ।
आयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान प्रतिष्ठान आफ्नो दोस्रो स्थापना दिवस समेत भव्य रुपमा मनाउने तयारीमा समेत लागेको छ । स्थापना दिवसमा गण्डकी प्रदेशका कला साहित्य संगीत तर्फका श्रष्टाहरुलाई नगद सहित सम्मान गरिने सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

