टेनिस खेलाडी अभिषेक विश्ववारियताको १७९० औं स्थानमा
पाेखरा | बैशाख ५, २०८०
पोखरा: अमेरिकामा व्यवसायीक रुपमा टेनिस खेल्दै आएका अभिषेक बास्तोला आइटिएफ वरियताको १७९० औं स्थानमा उक्लिन सफल भएका छन् ।
पोखराबाट टेनिस सुरु गरेका बास्तोला नेपालका लागि पहिलो पटक आइटिएफको वारियतामा पर्न सफल भएका हुन् ।
अमेरिकामै अध्ययन गर्दै आइरहेका उनले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिता खेलेका छन् । विश्ववारियताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विश्ववारियताको दुई हजार भन्दा तल पर्नु सामान्य कुरा नभएको बताए ।
उनले दशौं हजारौं खेलाडीहरुको बीचमा समेत १७९० स्थानमा आउनु खेलाडीको लागि ठूलो उपलब्धि भएको बताए । आफु देशका लागि खेल्ने भएकाले बाकीँ यात्राका लागि सम्बन्धित निकायले समेत सहयोग गरिदिनुपर्नेमा जोड दिए । बास्तोलाले १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेका छन् ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

