वर्षमान निवासमा अञ्जनमा गोली पड्केको प्रहरीको दाबी, घाइते पुनको ट्रमा सेन्टरमा उपचार हुँदै
काठमाडाैं | बैशाख २, २०८०
सांकेतिक तस्बिर
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जनमा पड्किएको जानकारी दिनुभयो ।
नेपाल प्रहरीका हवालदार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली पड्किएको जिसीले जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा पारिवारिक भेटघाटका क्रममा वर्षमान निवास बालुवाटारमा हवालदार पुन पुगेका थिए । गोली पड्किदा नेता पुनका आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दिए ।
प्रहरी हवालदार पुनको नाति नाता पर्ने परिवारले जनाएको छ । प्रहरी हवालदार कामु प्रधानन्यायाधीशको सुरक्षाका लागि हिँड्ने पछुवा गाडीमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीले हवालदारलाई राती नै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

