म्याग्दीमा बस दुर्घटना, ५ यात्रु घाइते

काठमाडाैं | बैशाख १, २०८०

म्याग्दीमा  बस दुर्घटना, ५ यात्रु घाइते तस्बिर साभार

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका- १ स्थित महाभिरमा बस दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्।

 

काठमाडौंबाट मुस्ताङ जाँदै  गरेको बा ३ ख ९६४७ नम्बरको बस अन्नपूर्ण गाउँपालिकाको महाभिरमा दुर्घटना हुँदा दुई विदेशीसहित ५ यात्रु घाइते भएका हुन्। अन्य यात्रुहरू सकुशल रहेका छन्।

 

घाइतेको अवस्था खतरामुक्त रहेको अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्णलाई जानकारी दिए।

 

उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्सले घाइतेलाई बेनी अस्पताल पुर्‍याएको हो। 

 

बसमा २३ जना यात्रु सवार थिए। बस सडकबाट ५ मिटर तल खसेको  थियो।

 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्