होटल टास्कको तीनवटै आउटलेटबाट ‘MRP अधिकतम खुद्रा मुल्य’मा बियर
पाेखरा | चैत ३०, २०७९
पोखरा: पोखराको अमरसिंह चोकमा रहेको होटल टास्क इन्टरनेश्नल प्रा.लि.ले MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गर्ने भएको छ । गण्डकी प्रदेशमै एकमात्र होटल टास्कको तीनवटा आउटलेट बाट नेपाली नयां बर्षको अवसर पारी MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गरिने जानकारी दिए ।
गुणस्तरिय सेवा सहित न्युनतम मुल्यमा ग्राहकलाई आफ्नो सेवा प्रदान गर्ने उद्देश्य सहित आथिक मन्दीका कारण मानिस संग पैैसा नभइरहेको सन्दर्भमा त्यसलाई मध्येनजर गरी बियरका पारखीहरुलाई अब MRP (अधिकतम खुद्रा मुल्य)मा बिक्री गरिने होटल टास्क इन्टरनेश्नल प्रा. लि. का सञ्चालक मीन गुरुङले जानकारी दिए ।
बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवशाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढ्न लागेको गुरुङले बताए । पोखराको अमरसिंह चोकमा सञ्चालित होटल टास्कको तीनवटा आउटलेट लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड बार, लेकाली चुलोघर र लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर MRP (अधिकतम खुद्रा मुल्य)मा ग्राहकहरुलाई उपलब्ध गराइने गुरुङले जानकारी दिए ।
नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।
नेपाली नयां बर्ष २०८० संगै उक्त स्किम लागु हुने वताउदै संचालक गुरुङले बियरका पारखीहरुलाई लक्षित गरी गण्डकी प्रदेशमा एकमात्र अधिकतम खुद्रा मुल्यमा बियर बिक्री वितरण गरिने बताए । बियर संगै लेकाली सेकुवा एण्ड सुकुटी हाउसमा कोदोको नारे पा समेत ग्राहकको रोजाइमा पर्दै गइरहेको छ ।
नयां वर्ष संगै उक्त स्किम लागु भएतापनि आगामी बैशाखको पहिलो हप्ता विशेष कार्यक्रम सहित ग्राण्ड ओपनिङ गरिने संचालकले जनाएको छ । सो अवसरमा गोर्खा ब्रुअरीका प्रतिनिधी सुमन पोखरेलले पोखरामा होटल टास्क संगमात्र MRP (अधिकतम खुद्रा मुल्य)मा बियर बिक्री गर्ने गरी सम्झोता गरी अगाडी बढेको बताए ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदव...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट...
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका ...

