रामघाट प्रकरणमा महानगर भन्छ –‘छानबिनपछि दोषी कर्मचारीमाथि कारवाही हुन्छ’

पाेखरा | चैत ३०, २०७९

रामघाट प्रकरणमा महानगर भन्छ –‘छानबिनपछि दोषी कर्मचारीमाथि कारवाही हुन्छ’

पोखरा:  पोखरा महानगरपालिकाले कर्मचारी राखेर सेती नदीबाट बालुवा उत्खनन् गरी विक्री वितरण गरेको विषय विवादित बनेपछि छानबिन समिति गठन गरेको छ ।

 

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । 

 

‘महानगरको कर्मचारीले रामघाटमा रसिद नलिइ सवारी साधनलाई छाडेर आर्थिक अनियमितता गरेको विषय आएको छ, महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले सुनगाभा न्यूजसँग भने, ‘त्यो विषयमा मनोहर कडरियाको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले आवश्यक छानबिन गरीरहेको छ । दोषी ठहरिए महानगरपालिकाले कारवाही गर्छ ।’

 

पोखरा महनगरपालिका १० को रामघाटबाट नदीजन्य पदार्थको उत्खनन् र विक्रि वितरण गर्नका लागि महागरले टेण्डर आह्वान गरेको थियो ।

 

टेण्डर नपरेपछि महानगर आफैले कर्मचारी राखेर विक्री वितरण गर्न कार्यपालिका बैठकबाट निर्णय गर्दै राजस्व असुल गरेको थियो । तर फिल्डमा खटिएका कर्मचारीहरुले माथिल्लो निकायका कर्मचारी तथा वडाध्यक्षहरुको मिलेमतोमा (माल लगेका सवारीको सँख्या अनुसार राजस्व संकलन नगरेको) कम राजस्व संकलन भएको विवरण महानगरमा बुझाएका थिए ।

 

त्यहीबाट आर्थिक अनियमितता भएको स्पष्ट भएपछि महानगर उक्त विषयमा विदादित बनेको थियो । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्