फोटो कथामा तमु समुदायको ट्होटें पर्व
किन मनाइन्छ ट्होटें पर्व ?
पाेखरा | चैत २८, २०७९

पोखराः पोखरामा तमु (गुरुङ) समुदायले मौलिक तथा सांस्कृतिक वृहत र्यालीसहित पर्व ट्होटें पर्व मनाएका छन् ।
तमु जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको २ वटा मंगलबार मनाइने ट्होटें पर्व आज पोखरामा वृहत र्यालीसहित मनाएका हुन् ।
विगतमा गाउँघरमा मनाइने ट्होटेंको परिमार्जित स्वरुपमा पोखरामा ट्होटें मनाएको अधिवक्ता तथा तमु धिं नेपालका महासचिव जुनाकुमारी गुरुङले बताईन् ।
उनका अनुसार उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुइपटक मनाइने प्रचलन छ । ‘गण्डकी लगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातीहरुको आज महानचाड हो, गुरुङले भनिन्, ‘वर्षको साउन र चैत महिनाको २ वटा मंलबारमा ट्होटें मनाउदै आएका छौ । यो परिवर्तित समायानुसार मनाएको छौ । यसले हाम्रो आफ्ना संस्कृति जर्गेनामा महत्वपूर्ण सहयोग हुने हाम्रो विश्वास छ ।’
हिजो तमु गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले राज्यविहिन् भएकाले तमुहरुले पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरेको तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङले बताए ।
उनका अनुसार तमु धिँ नेपालको पहलमा पोखरेली तमुहरुले साउन र चैत महिनाको अन्तिम मंगलबार गत २०५२ सालदेखि सामुहिकरुमा ट्होटें मनाउदै आएको छ ।
ट्होटें पर्व किन मनाइन्छ ?
परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र)को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।
तमु (गुरुङ) भाषामा ट्हो को अर्थ तमु भाषामा राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
ट्होटेंको अवसरमा तमु धिँ नेपालले आज पोखरा रंगशालाबाट ट्होटें ¥यालीसहित लखनचोक, नयाँबजार हुदै तमु धिँ नेपालको कार्यालयमा पुगेर ट्होटें मूल समारोहमा परिणत भएको थियो ।
सो र्यालीमा तमु जातिको मौलिक सँस्कृतिहरु ट्होटें, घाँटु, सोरठी, झोडा, चुट्का, कृष्ण चरित्र प्रदर्शन गरिएको थियो ।
थप तस्बिरहरु:–
काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...
पोखरा: गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...