गाउँमै गाइड तालिम

पाेखरा | चैत २७, २०७९

गाउँमै गाइड तालिम

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँकै युवालाई सक्षम बनाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले लाइसेन्स प्राप्त गाइड उत्पादनको प्रयास गरेको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाका ११ वडाका ४० जना युवाले गाइड तालिम लिएका छन् । गत १३ चैतदेखि सुरु भएको तालिम आइतबार समापन भएको छ ।  


गाउँपालिकाभित्रकै आधार शिविरमा गाइड गर्नेहरु धेरै बाहिरको भएपछि स्थानीयलाई नै प्रोत्साहित गर्न गाउँमै तालिम दिइएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । ‘यहाँ धेरै बाहिरको हुनुहुन्छ । गाउँपालिकामा सल्लाह गरेपछि गाउँकै युवालाई सक्षम बनाउन तालिम दिएका हौं,’ उनले भने, ‘यो तालिमबाट सिकेका कुरालाई सदुपयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’


सहभागीलाई पर्यटकसँग गर्ने व्यवहार, हिमपहिरो आउँदा बच्ने उपाय, पर्यटन बिमा, पर्यटन कानुन, द्वन्द्व व्यवस्थापन, पदमार्गमा पाउन सकिने वनस्पति र जीव, ट्रेकिङ, पर्वतारोहण, यात्रामा निस्कनुअघिको तयारी, हिमाली समाज र संस्कृति, नेपालको भूगोल, नेतृत्वलगायत विषयमा तालिम दिइएको हो । तालिम लिन ८० जनाभन्दा बढीले गाउँपालिकामा आवेदन दिएका थिए । तीमध्ये ४० जनालाई छनोट गरेर सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बताए ।  


गाउँपालिकामा सञ्चालित नवप्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत पर्यटनमैत्री–प्रविधिमैत्री नमूना अन्नपूर्ण गाउँपालिका परियोजनामार्फत तालिम गरिएको तालिम संयोजक सूर्य तिमिल्सनाले जानकारी दिए । कतिपय युवाले तालिम नै नलिई गाइड गर्दै आएका थिए । तालिम लिन र परीक्षा दिन काठमाडौंसम्म जानुपर्ने अवस्था हटेर गाउँमै पाएपछि युवाहरूको उत्साहजनक सहभागित थियो । ‘हामी काठमाडौंसम्म जानुपथ्र्यो । गाउँमै तालिम पायौं । हामी यो ठाउँको ब्रान्ड एम्बेस्डर भएर काम गर्छौं,’ तालिम लिएका शिवकृष्ण पौडेलले भने । 


तालिम सकिएसँगै सोमबार पर्वतीय प्रशिक्षण प्रतिष्ठानले परीक्षा लिँदै छ । त्यसमा उत्तीर्ण हुनेले लाइसेन्स पाउने छन् ।
 

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् ।   ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...

थप पढ्नुहोस्

पोखराः   पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...

थप पढ्नुहोस्

विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

थप पढ्नुहोस्