पाल्पाली समाज पोखरामा बालचन्द्र
पाेखरा | चैत २७, २०७९
पोखरा: पाल्पाली समाज पोखराको अध्यक्षमा बालचन्द्र परियार निर्वाचित भएका छन् ।
संस्थाको २० औं साधारणसभा तथा ११ औं अधिवेशनले परियारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो ।
संस्थाको महिला उपाध्यक्षमा उमा सापकोटा सर्वसम्मत भएकोमा उपाध्यक्षहरुमा श्रीधर पराजुली, केशव नेपाल र अनन्त अधिकारी छन् । प्रथम, द्वितीय र तृतीय उपाध्यक्षको वर्गीकरण टुंगाउने जिम्मा नेतृत्वलाई दिइएको छ । महासचिवमा सञ्जय आत्रेय, उपमहासचिव रमेश पौडेल, सचिव युमाया पचभैया र किरण पाण्डे, सहसचिव गीतादेवी शर्मा र सुमन आचार्य, कोषाध्यक्ष पदमप्रसाद पोखरेल र सहकोषाध्यक्ष गिरिराज पोखरेल छन् ।
सदस्यमा धनबहादुर झेंडी, दामोदर बस्याल, पिताम्बर तिमिल्सिना, कृष्णप्रसाद मिश्र, बुद्धिप्रसाद न्यौपाने, भुवन लोहनी, डा. खेमराज अधिकारी, इन्दिरा कँडेल, सम्झना अर्याल, सीता राना, अनुपमान कर्माचार्य, मनिला राना, दीपक सुवेदी र तिलबहादुर थापा चयन भए ।
पूर्व अध्यक्ष बाबुराम खनाल संयोजक रहेको निर्वाचन समिति सदस्यमा पूर्व अध्यक्षहरु ताराप्रसाद पोखरेल, जगदीश गौतम, नारायणप्रसाद पौडेल र कानुनी सल्लाहकार विष्णुप्रसाद लम्साल थिए ।
नवनिर्वाचित अध्यक्ष परियारले संस्थालाई डिजिटल प्रविधिमा लैजाने तथा भोक राहत कोष स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । डिजिटल प्रविधिको लागि पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल र भोक राहत कोषका लागि महासचिव संजय आत्रेयलाई संयोजक जिम्मा दिइएको छ ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पाल्पाले गर्व गर्नलायक धेरै काम गरेको बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी, गण्डकी प्रदेश कार्यालयका सचिव अणप्रसाद न्यौपाने, रामपुर वडा १ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता कपिल खाँण, रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, गुल्मेली समाज पोखराका अध्यक्ष नारायणप्रसाद न्यौपाने लगायतले पाल्पालीले पोखरामा आइ उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु चिरञ्जीवी श्रेष्ठ, जगदीश गौतम, ताराप्रसाद पोखरेल, कुलप्रसाद घिमिरे, सल्लाहकारहरु जनपुकार मुनकर्मी, डा. यज्ञमान शाक्य, युवाउद्यमी मनोहर श्रेष्ठ लगायतले बोलेका थिए ।
सो अवसरमा समाजको हितका उल्लेख्य योगदान पु¥याएकोमा निवर्तमान अध्यक्ष एवं पाल्पा हाउस अध्यक्ष कुलप्रसाद घिमिरेलाई सम्मानपत्र गरियो । समाजका अध्यक्ष रेशम रचकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष बालचन्द्र परियार र संचालन महासचिव केशव नेपालले गरेका थिए । सहयोगीलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

