कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना, एकजनाको मृत्यु

कैलाली | चैत २७, २०७९

कैलालीमा एसईईका विद्यार्थी चढेको जिप दुर्घटना, एकजनाको मृत्यु फाइल तस्बिर

कैलाली:  कैलालीमा एसईईका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

 

आइतबार साँझ करिब ७ बजे जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु.प. प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना भएको हो।

 

दुर्घटनामा परी गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–६  का १८ वर्षीय भानु ठगुन्ना रहेका छन्। 

 

उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। 

 

दुर्घटनामा परी १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी घाइते भएका छन। 

 

उनीहरुको उपचार भइरहेको  डिएसपी चन्दले जानकारी दिए। 

 

प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्