प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडाैं | चैत २७, २०७९

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौं:  संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्दै छ।

 

संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक र प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ। 

 

राष्ट्रिय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/२०७९ र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बत्तिसौं प्रतिवेदन, २०७८÷०७९ पेस गर्ने कार्यसूची रहेको छ। 

 

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। 

 

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन  २०७८÷०७९ पेस गर्ने कार्यसूची छ। 

 

त्यस्तै  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक  २०७८ मापत विचार गरियोस्,’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ। 

पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।      समाजको उपाध्यक्षमा महेशराज ढकाल,...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्