कास्कीको याङ्जाकोटमा १ लाख राशीको भलिबल प्रतियोगिता हुने

पाेखरा | चैत २६, २०७९

कास्कीको याङ्जाकोटमा १ लाख राशीको भलिबल प्रतियोगिता हुने

पोखरा:  कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला हुने भएको छ । 


याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा बैशाख २१ देखि २३ गतेसम्म बुद्ध जयन्तीको अवसरमा मेला आयोजना गर्न लागेको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 


याङ्जाकोट मिलन युवा क्लबका अध्यक्ष बिकास गुरुङले २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गरेको बताए । 


‘दुईवर्ष सम्म कोरोना भाइरसका कारण मेला आयोजना गर्न सकेनौं, अध्यक्ष गुरुङले भने, २ वर्षपछि ‘२५६७’ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं, यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’


उनका अनुसार भलिबल  प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले ५५हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । यस्तै बास्केटबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले समान ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । भलिबल प्रतियोगिता खुल्ला वडा स्तरीय र बास्केटबल प्रतियोगिता खुल्ला हुने क्लबले जनाएको छ । 


यस्तै सामुहिक नृत्य तर्फ प्रथम हुने समूहले ५० हजार दोस्रो हुने समूहले ५५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । ठेलो प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार र दोस्रो हुने समूहले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने, रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।  कुर्ची दौड प्रतियोगितामा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । 


यस्तै क्लबले हाफ म्याराथन समेत आयोजना गर्ने भएको छ । म्याराथन तर्फ प्रथम हुने समूहले १५, दोस्रो हुने समूहले १० र तेस्रो हुने समूहले ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । मेलामा करिव २५ लाख आम्दानी र २१ लाख ५९ हजार ३ सय २२ रुपैया खर्च हुने अनुमान क्लबले गरेको छ ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्