सबै मिलेर प्रदेशको सपना साकार पार्नुपर्छ: मुख्यमन्त्री पोखरेल

पाेखरा | जेठ २७, २०७९

सबै मिलेर प्रदेशको सपना साकार पार्नुपर्छ: मुख्यमन्त्री पोखरेल


कास्की:   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले समृद्ध गण्डकी प्रदेशको सपना साकार पार्न सबै स्थानीय तहलाई मिलेर काम गर्न आग्रह गर्नुभएको छ । 

 

भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि गण्डकी प्रदेश सरकारले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । 
 

उहाँले प्रदेशका ८५ वटै पालिकाले लिएको लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्रै प्रदेश सरकारको समृद्धिको अभियान पुरा हुने बताउनुभयो । सिमित स्रोत साधनको अधिकतम प्रयोगबाट स्थानीय तहले विकासलाई अगाडी बढाउनुपर्ने पोखरेलका धारणा रहेको थियो ।

 

नेपालमा वित्तीय दृष्टिकोणबाट संघीयता कमजोर रहेको पोखरेलले उल्लेख गर्नुहुदै उहाँले ७० प्रतिशत बजेट अहिले पनि केन्द्रमा रहेको कारण प्रदेश र स्थानीय तह सिमित स्रोतबाट संचालन गर्नुपरेको बताउनुभएको थियो । 

 

दुई दिनसम्म चल्ने सो कार्यक्रममा पहिलो दिन स्थानीय तहको योजना तथा वार्षिक बजेट तर्जुमा प्रकृया र मध्यमकालीन खर्च संरचना, स्थानीइ तहको काम, कतब्यर अधिकार तथा संघ, प्रदेश र स्थनीय तहबीचको अन्तरसम्बन्ध, स्थानीय तहको राजस्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण र विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि मापदण्डबारेविज्ञले अधिमुखीकरण गर्ने कार्यक्रम छ ।

 

त्यस्तै, दोस्रो दिन शनिबार विकासका अन्तरसम्बन्धित विषयहरु, स्थानीय तहमा सार्वजनिक खरिद व्यवस्थापन, सुशासन, सदाचार र भ्रष्टचार नियन्त्रण र स्थानीय सरकारको प्रथम कार्यकालका असल अभ्यास र सकारात्मक सोच वारे अभिमुखीकरण हुने छ ।

कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटा पालिका बाट प्रमुख र उपप्रमुख सहभागी छन् । गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गरेको छ ।
 

पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...

थप पढ्नुहोस्

पोखरा:  राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

थप पढ्नुहोस्