संस्कृति जगेर्नामा युवा पुस्ता

पाल्पा | चैत २५, २०७९

संस्कृति जगेर्नामा युवा पुस्ता

पाल्पा:    हराउँदै गएको झाम्रे, सालैजो तथा कौरा जोगाउन यहाँका युवा पुस्ता लागेका छन्। अघिल्लो पुस्तासम्म मगर समुदायमा लोकप्रिय हुँदै आएको झाम्रे, सालैजो तथा कौराको परम्परा लोप हुन थालेपछि यसको संरक्षण गर्न यहाँका युवा पुस्ता अभ्यासमा लागेका छन्। 


मगर समुदायको लोकसंस्कृतिका रूपमा रहेको नाच तथा गीत संरक्षणका लागि युवा पुस्ता आफूभन्दा अघिल्लो पुस्ताबाट सबै परम्परा तथा संस्कृति सिकिरहेका छन्। 


पछिल्लो समय अधिकांश युवा पुस्ता बाह्य संस्कृतिको प्रभावमा परिरहेका बेला जिल्लाको माथागढीको कसेनी, रुपसे, चिदीपानीका युवा आफ्नो समुदायको संस्कृति जोगाउन कम्मर कसेर लागेका छन्।


मादल, डम्फुको तालमा नाचिने झाम्रे नाच लोप हुने अवस्थामा पुगेको छ भने सालैजोको भाका तथा भाकाको लयमा गाउन जान्ने अनुभवी व्यक्ति समुदायमा भेट्टाउन गाह्रो हुन थालेको माथागढी–३, कसेनीका युवा होमबहादुर रानाले बताउनुभयो। 


पुराना पुस्ताले मात्र गाउने गीत केही वर्षयता युवा पुस्तालाई समेत सिकाउने गरिएको उहाँले बताउनुभयो। 


युवा पुस्तालाई सिकाउनकै लागि गाउँमा मेलापात, विवाह, चाडबाड भएको बेला मादल, डम्फु, खैँजडीसहित नाच्ने र गाउने प्रचलन बढेको यहाँका बासिन्दा बताउँछन्। कौरा नाच भने कुनै विशेष अवस्थामा मात्र अभ्यास गरेर प्रदर्शन गर्ने गरिएको कोसेली धारादी महिला समूहका अध्यक्ष नेत्रकला रानाले बताउनुभयो। 


पुराना परम्परागत गीत तथा नाचले आपसी सद्भाव, मित्रता बढाउन सहयोग गर्नुका साथै मनोरञ्जनसमेत दिएको उहाँले बताउनुभयो। 


मगर समुदायमा प्रचलित सालैजो र झाम्रे नाच मनोरञ्जन र चोखो मायापिरतीसँग सम्बन्धित रहेको यहाँका बूढापाकाहरू बताउँछन्। कौरा नाच देवीदेवतासँगको आराधना तथा तपस्यासँग सम्बन्धित रहेको छ। 


यो समुदायका वृद्ध टेकबहादुर रानाले भन्नुभयो, “कला र संस्कृति जोगाउन युवा पुस्ताले ध्यान नदिने हो भने मगर समुदायको पहिचान नै लोप हुने खतरा देखिन थालेको छ। मगर समुदायका घाटु तथा मारुनी नाच त धेरैले भुलिसकेका छन्।”

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्