होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशनको तयारी  पूरा, १ सय २० जना प्रतिनिधि पोखरा आउँदै

पाेखरा | चैत २३, २०७९

होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशनको तयारी  पूरा, १ सय २० जना प्रतिनिधि पोखरा आउँदै

पोखरा:  पोखरा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशन चैत २५ र २६ गते पोखरामा हुँदै छ । 


होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको आज (बिहीबार)पोखरामा पत्रकार सम्मेलन गदैं महाधिवेशनको तयारी पूरा भएको अध्यक्ष अर्जुन चोखालले जानकारी दिए ।

 
‘मुलुक संघीय संरचना अनुसार गठित भएपछि होटल व्यवसायीहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै पर्यटन व्यवसायलाई गुणस्तरीय बनाउने लक्ष्य हो, चोखालले भने, ‘ चैत २५ र २६ गते हुने प्रथम महाधिवेशनमा गण्डकीका ११ जिल्लाका १ सय २० जना प्रतिनिधि पर्यवेक्षकहरुले भाग लिनेछन् ।’


उनले होटल व्यवसायी महासंघ गण्डकीको प्रदेशको महाधिवेशनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आउने बताए । 


महासंघ गण्डकीका अध्यक्ष चोखालले महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेको बताए ।‘महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेका छौं, गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा बसोबास गर्ने जातजातिका मौलिक संस्कृति झाँकी प्रस्तुत गर्ने छौं ।’ उनले भने । 


होटल रेष्टराँ तथा पर्यटन व्यवसायीहरुको प्रादेशिक छाता संगठनको रुपमा स्थापित होटल व्यवसायी महासंघ गण्डकी प्रदेशमा ६ हजार ५० बढी होटल सञ्चालनमा रहेको जनाएको छ । अनमानित ५४ हजार बढीलाई रोजगारी दिएको महासंघ गण्डकीले होटल व्यवसायमा ६२ अर्व लगानी रहेको र अहिले त्यो बढेर गएको अध्यक्ष चोखाले बताए । 


पोखरामा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनले आगामी तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ । 

पाेखरा:    तिहारको छेको पारेर पोखरामा पटका पड्किने क्रम बढेको छ ।   शहरका मुख्य सडकभन्दा रेसिडेन्टल क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् ।  बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटक...

थप पढ्नुहोस्

‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो ...

थप पढ्नुहोस्

नुवाकोट:   तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको क...

थप पढ्नुहोस्