‘मगर भाषा’लाई सरकारी कामकाजमा प्रयोग गर्न मगर संघ गण्डकीको माग
पाेखरा | चैत १९, २०७९
पोखरा: नेपाल मगर संघ गण्डकी प्रदेशले प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रुपमा मगर भाषालाई प्रयोग गर्न माग गरेको छ ।
नेपाल मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट निर्वाचित समितिले ६ बुदे घोषणा पत्र जारी गर्दै प्रदेश सरकारको कामकाजको भाषाको रुपमा मगर भाषालाई राष्ट्रिय भाषा आयोगले सिफारिस गरेको मगर ढुट भाषालाई कार्यान्वयन गर्न माग गरेको हो ।
मगर संघ गण्डकीले जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था हुनुपर्ने, प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको नवनिर्वाचित तारामाया थापामगरले बताईन ।
घोषणापत्रमा पोखराको लखनचोकस्थित सहिद लखन थापामगरको शालिकलाई विस्थापित गर्ने षड्यन्त्र अनुसार पृथ्वीनारायाण शाहको शालिक तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
गण्डकी प्रदेशको नाममा मगरात पहिचान जोड्न गण्डकी प्रदेश सरकार र प्रदेश सांसद समक्ष माग गर्ने समेत घोषणा पत्रमा उल्लेख गरेको छ ।
मगर संघ गण्डकीको अध्यक्षमा तारामाया थापामगर
नेपाल मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट तारामाया थापामगरको अध्यक्षतामा सर्वसम्मत ४२ सदस्य कार्यसमिति चयन भएको छ ।
पोखरामा चैत १८ र १९ गते सम्पन्न भएको अधिवेशनले थापामगरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा प्रथम उपाध्यक्ष मनिराज थापामगर, उपाध्यक्ष दानबहादुर थापामगर, महिला उपाध्यक्ष पवित्रा थापामगर, भाषिक उपाध्यक्ष जगन पुनमगर, प्रमुख सचिव नन्दु थापामगर, कृष्णबहादुर थापामगर, महिला सचिव संगिता पुनमगर, कोषाध्यक्ष उत्तमप्रसाद बडावलमगर, सह कोषाध्यक्षमा ज्ञानीसरा रानामगर र यामकुमारी गर्बुजामगर चयन भएका हुन् ।
यस्तै संघको सदस्यहरुमा याम कुमारी गर्वुजा मगर, टकसरा राना मगर, हिरा बहादुर पुन मगर, विर वहादुर थापा मगर, हिरा देवी मगर, युवराज पुन मगर, खिम पुनमगर, देउकुरमारी थापा मगर, बलविर रानामगर, सगुन रानामगर, डिलबहादुर थापा मगर रहनुभएको छ ।
यस्तै शुुभ रानामगर, खेम बहादुर सारुमगर, शिव पुनमगर, मान बहादुर थापामगर, कलाकार रानामगर राजन आलेमगर, हिमला आले मगर, मन बहादुर पुनमगर, नरमाया आलेमगर, बेलमाया राना मगर, शोभा राना मगर, भुपेन्द्र मास्की मगर, रेवती थापा मगर चयन हुुनुुभएको छ । संघले बाँकी सदस्य पहिलो बैठकले मनोनित गर्ने जनाएको छ ।
तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था ह...
रौतहट: जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्द...
पाेखरा: नेपाल पञ्चाङ्ग निर्णायक विकास निर्णायक समितिले भाईटीकाको साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक साइत अनुसार भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा उत्तम रहेको जना...