सरकारी सेवा पूर्णरुपमा डिजिटलाइज बन्न सकेन : अध्यक्ष खनाल
काठमाडाैं | चैत १३, २०७९

काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी सेवा पूर्णरुपमा डिजिटल बन्न नसकेको बताएका छन् । प्राधिकरणसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष खनालले सरकारी सेवा नाम मात्रैको डिजिटल रहेको बताएका हुन् ।
‘सरकारी निकायले डिजिटाइज भनेपनि पुरानै तरिकाले अघि बढेको छ,’ खनालले थपे, ‘हिजो भौतिक रूपमा हुने काम अनलाइनबाट त्यही प्रक्रियामा रहेको छ । डिजिटल रिइन्जिनियरिङ हुन सकेको छैन,’ उनले भने, ‘प्रविधिको प्रयोग भनेपनि भौतिक रूपमा गर्ने कमलाई कपी गरेर डिजिटलाइज गर्ने काम भएको छ ।’
डिजिटल इकोनोमीको अवधारणसँगै डिजिटल मनिटरिङ सिस्टम नहुँदा कर नतिरेको विषय सिस्टमले थाहा पाउने अवस्था नरहेको खनालको भनाइ थियो । ‘ग्राहकलाई जनचेतना आवश्यक रहेको छ । आफूले सुविधा नपाए गुनासो सम्बन्धित निकायसँग गर्नु पर्छ,’ अध्यक्ष खनालले भने, ‘गुणस्तरको विषय सुविधाको लागि विद्युत्, सडक लगायत निकायको समेत प्राथमिकता दिनुपर्छ ।’
‘कुनै निकायले तार काटिँदा इन्टरनेट अवरुद्ध हुने गरेको छ । विद्युतको पावरको कारण इन्टरनेट गुणस्तरमा फरक परिरहेको छ,’ खनालले थपे, ‘सरकारी जग्गामा टावर राख्न वर्षौँ वन मन्त्रालयबाट रोकिन्छ । सरकारी भवनमा टावर राख्ने कुनै कानुनी व्यवस्था नहुँदा अप्ठेरो ।’
‘डाटा सेक्युरिटी सम्बन्धी नीति अभाव रहेको छ । बायोमेट्रिक कसले लिन पाउने भन्ने स्पष्ट नहुँदा सेवाग्राहीले दुःख पाइरहेको समेत खनालले बताए । यस्तै, पोलिसीले प्राथमिकता पाउनु पर्ने ठाउँमा राजनीतिक एजेन्डाले बनाएको खनालको धारणा रहेको छ ।
पोखरा: कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा ...
पोखरा: पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रदर्शन गरिएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि प्रदर्शन गरिएको हो । करिब ४ घण्टासम्म...
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लु...