मिटरब्याजी पीडितको माग सम्बोधन गर्न मेयर बालेनको माग
काठमाडाैं | चैत १३, २०७९
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। उनले मिटरब्याजी पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माग सम्बोधनमा सरकारको ध्यानाकर्षणसमेत गराए।
शाहले भने, ‘सधैं काठमाडौं आएर आन्दोलन नै गर्नुपर्ने स्थिति सिर्जना हुँदा पनि सरकार हेरेर बस्ने अवस्था छ। हिजो ११ दिन हिँडेर काठमाडौं आउने समाचार हेरेपछि महानगरको मेयरको हैसियतले आफ्नो कार्यक्षेत्रमा नपरे पनि मानवताको नाताले काठमाडौं बसुन्जेल पशुपति धर्मशालामा बास र खानाको व्यवस्थापन गर्न हामी तत्पर भएर आज बिहानै उहाहरूसँग सम्पर्क गरेर हामीले पशुपति जान अग्रह गयौं तर, उहाँहरु खुल्लामञ्चमै बस्न खोज्नुभयो।’
विगत केही वर्षदेखि नेपाल सरकारले मिटरब्याजीहरूलाई कारबाहीको दायरामा ल्याउने आश्वासनमै सीमित रहेको बताए। शाहले भने, ‘हामीले सम्झाएर रत्नपार्कको शान्तीवाटिकामा आन्दोलन गर्न प्रबन्ध गरेका छौं र उहाँहरूको मागप्रति एक्यबद्धता जनाउँदै नेपाल सरकारसमक्ष उहाँहरूको समस्या समाधानका लागि जोडदार माग राख्छौं। हामी चाहन्छौं यस्तो अवस्था मा काठमाडौं कोही आउन नपरोस्, गाउँ गाउँमा सरकार पुगोस्।'
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

