तनहुँ १ मा एमालेबाट ‘हेभीवेट’ किरण र सर्वेन्द्रसँगै मोहनको दाबेदारी

पाेखरा | चैत ९, २०७९

तनहुँ १ मा एमालेबाट ‘हेभीवेट’ किरण र सर्वेन्द्रसँगै मोहनको दाबेदारी

पोखरा:  आगामी बैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि देशको तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुदैछ । रिक्त रहेको बाराको निर्वाचन क्षेत्र नम्बर २, चितवनको क्षेत्र नम्बर २ र तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा एकसाथ उपनिर्वाचन हुनेछ । 

 

सोही दिन तनहुँमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट विभिन्न नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । जसमा जिल्ला स्तरीय नेतादेखि हेभीवेटका केन्द्रीय नेताहरुसम्मको चर्चा छ ।

 

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत भइसकेका ‘हेभीवेट’ किरण गुरुङ, नेपाल प्रहरीका पूर्व (महानिरीक्षक) आइजिपी सर्वेन्द्र खनाल, चार पटक हार व्यहोरेका एक बहादुर राना, गण्डकी प्रदेशका पूर्व सांसद राम बहादुर गुरुङ र तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष मोहन बहादुर सुनार उपनिर्वाचनका लागि अघि सरेका छन् ।
 

यद्यपी अन्तिम नाम भने पार्टीको बैठकले सार्वजनिक गर्नेछ । उपनिर्वाचन नजिकिदै गर्दा स्थानीयहरुको आंकाक्षा अनुसार उपचुनावमा आफु अघि सर्ने मनस्थितीमा पुगेको किरण गुरुङले बताए । 
 

स्थानीयहरुले हेभीवेट नेताको चाहना गरे अनुसार आफु उपचुनावमा अघि बढने संकेत गरे । ‘त्यहाँका स्थानीयहरुमा हेभीवेटले उपचुनाव लड्नुपर्छ भन्ने आशय आएकाले मैले पनि अघि बढ्ने मनस्थिती बनाएको हुँ’ गुरुङले सुनगाभा न्यूजसँग भने । 

 

यस्तै नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजिपी) तनहुँ चुँदी स्थायी घर भएका सर्वेन्द्र खनाल पनि उपचुनावमा उम्मेदवारको आकांक्षी रहेको स्रोतले बतायो । ‘उपचुनावमा पार्टीले अघि सारेको खण्डमा तनहुँ नै स्थायी घर भएकै कारण पनि होला पछि नहट्ने कुरा छ’ स्रोतले भन्यो ।

 

यस्तै अर्का आकांक्षी मोहन सुनारले पनि उपचुनावमा आफ्नो चर्चा चलेको स्वीकार गरे । 

 

उनले गत निर्वाचनमा पार्टीले टिकट नदिलाएपनि उपचुनावमा भने पार्टीले न्याय दिने धारणा राखे । ‘पार्टीको विभिन्न तहमा बसेर धेरै काम गरियो । अघिल्लो निर्वाचनमै आशा थियो तरपनि पार्टीले फरक निर्णय गर्याे, उनले भने, ‘अहिले फेरि उपनिर्वाचन आएको छ । त्यसैले मैले पनि इच्छा जाहेर गरेको छु । यसमा पार्टीले उपयुक्त ठहर गरेर जिम्मेवारी दिएको खण्डमा कसरतमा लाग्ने विचार गरेको छु ।’

 

उनले आफु फरक समुदायबाट प्रतिनिधित्व गरेको बताउदै टिकट पाउने आशा रहेको सुनाए । ‘यो क्षेत्रमा दलित समुदायको ठुलो बस्ती छ । अहिलेसम्म हाम्रो समुदायले प्रत्यक्ष टिकट पाएको भन्ने इतिहास छैन, उनले भने, ‘त्यसैले पार्टीले यो विषयलाई ध्यान पुर्याएर जिम्मेवारी दिन्छ कि भन्ने आशा लागेको छ ।’

 

यस अघि सो क्षेत्रमा एमालेका एक बहादुर रानाले चौथो पटक हार व्यहोरेका थिए । यद्यपी फेरि पनि उनी उनै क्षेत्रबाट उपचुनाव लड्न आकांक्षा व्यक्त गरेको बताइएको छ । 

 

सो क्षेत्रबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक बहादुर रानालाई हराएका थिए । हालैमात्र पौडेल राष्ट्रपतीमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त भएको हो । 

 

तनहुँसँगै सोही दिन चितवनको निर्वाचन क्षेत्र नम्बर २ र बाराको निर्वाचन क्षेत्र नम्बर २ मा पनि उपचुनाव हुनेछ ।

 

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लाई सर्वाेच्च अदालतले अयोग्य रहेको आदेश गरेपछि सो क्षेत्र रिक्त भएको थियो भने बाराको क्षेत्र नम्बर २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको हो ।

 

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आगामी चैतको १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछ भने २० गते मनोनयन दर्ता हुनेछ ।
 
 

काठमाडौं:   इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी 'ए' को उपाधि जितेको छ ।    चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर २० औं पटक लिग च्याम्पियन बन...

थप पढ्नुहोस्

एजेन्सी: मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।    ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका  सञ्चारमाध्यमले जनाएक...

थप पढ्नुहोस्

काठमाडौँ:  आकासिएको सुनको मूल्य एकाएक घट्न थालेको छ ।   अघिल्लो दिन प्रतितोला ११ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज (मंगलबार) थप २...

थप पढ्नुहोस्