जातीय भेदभावविरुद्ध ‘आवाज’को र्याली
पाेखरा | चैत ७, २०७९
पोखरा: जातीय समानताको लागि लामो समयदेखि काम गर्दै आएको संस्था ‘आवाज’ले मंगलबार पोखरामा शान्तिपूर्ण र्याली निकालेको छ ।
५८ औँ अन्र्तराष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको अवसरमा निकालिएको र्याली पोखरा १६ मा निकालिएको हो । उक्त अवसरमा आवाजका अध्यक्ष प्रकाश सुनारले नेपाली समाजले अझैपनि जातीय विभेदलाई परास्त गर्न नसकेको बताए ।
अध्यक्ष सुनारले भने ‘जातीको आधारमा मान्छेमाथि गरिने विभाजन र भेदभाव मौलिक अधिकारको उल्लंघन हो । यस विभेद अन्त्यका लागि सबै आआफ्नो ठाउँबाट संवेदनशील हुन आवश्यक छ ।’ त्यस्तै, वडा १६ का सदस्य रामचन्द्र पौडेलले जातीय विभेद अन्त्य गर्न सबैले आफ्नो स्थानबाट प्रयास गर्नुपर्ने बताए ।
‘गणतन्त्रमा जातीय विभेदको स्थान छैन’ वडासदस्य पौडेलले भने ‘संविधानमा प्रदत्त अधिकारले कसैलाई कुनैपनि आधारमा भेदभाव गर्न पाइँदैन ।’
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

