गठबन्धनभित्र भागबण्डा टुंगो लगाउन एसले दियो अध्यक्ष नेपाललाई जिम्मा

काठमाडाैं | चैत ७, २०७९

गठबन्धनभित्र भागबण्डा टुंगो लगाउन एसले दियो अध्यक्ष नेपाललाई जिम्मा

काठमाडौं :  नेकपा एकीकृत समाजवादीले गठबन्धनमा भागबण्डाको टुंगो  लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ।

 

मंगलबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले  मन्त्रालयको बाँडफाँट र भागबण्डा टुंग्याउन अध्यक्ष नेपाललाई दिने निर्णय गरेको हो

 

बैठकपछि सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा मन्त्रालयको टुंगो लगाएपछि पार्टीले निष्कर्श निकाल्ने बताए। उनले भने,' सरकारमा कसरी जाने,के उद्देश्यले जाने, के नीति कार्यक्रमका साथ जाने,सरकारमा आफूहरूको के हिस्सेदारी हुन्छ ? अध्यक्षको टिमले गठबन्धनसँग कुराकानी गर्छ,'उनले भने।

 

बैठकमा मन्त्रालयबारे प्रारम्भिक छलफल सुरू भएको हो।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार  विश्वासको मत लिएलगत्तै आजदेखि सरकार विस्तारको तयारी थाल्ने बताएका थिए। त्यसपछि गठबन्धन आवद्ध दलहरू आन्तरिक छलफलमा जुटेका हुन्।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्