उपराष्ट्रपतिको मतदान सम्पन्न : सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खस्यो
काठमाडाैं | चैत ३, २०७९
काठमाडौं: उपराष्ट्रपति निर्वाचनमा मतदान कार्य सकिएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले दिउँसो ३ बजेसम्म संघीय संसद्का तीन सय ११ सदस्य र प्रदेश सभाका पाँच सय १८ सदस्यले मतदान गर्नुभएको जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा ६२ मा राष्ट्रपति निर्वाचन सम्बन्धमा सङ्घीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ ।
संविधानको धारा ६९ मा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया र पदावधिसम्बन्धी व्यवस्था राष्ट्रपतिसरह हुने व्यवस्था छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

