प्रधानमन्त्री प्रचण्डलाई कुन कुन दलले विश्वासको मत दिँदैछन् ?

काठमाडाैं | चैत ३, २०७९

प्रधानमन्त्री प्रचण्डलाई कुन कुन दलले विश्वासको मत दिँदैछन् ?

काठमाडौँ:  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते  विश्वासको मत लिँदै छन् ।

 

सत्ता साझेदार दलका शीर्ष नेतासँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने निर्णय गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा), नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।

 

कांग्रेस, माओवादी केन्द्रसहित आठ दलले विश्वासको मत दिने पक्का जस्तै छ । सत्ता साझेदार दलबाट मात्रै प्रधानमन्त्री प्रचण्डले  १५१ मत पाउने छन् । सत्ता साझेदार दलबाट मात्रै प्रचण्डले सजिलै विश्वासको मत पाउने अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै निर्णय गरेको छैन । ‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिने नदिने विषयमा कुनै निर्णय गरेका छैनौँ’ रास्वपाका प्रवक्ता मुकुल ढकालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने समय अझै बाँकी भएकाले बैठक बसेर निर्णय सार्वजनिक गर्ने छौँ ।’

 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा बस्ने भएको छ । आफूहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा पुगेकाले प्रतिपक्षमै बस्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘हामीले सबैभन्दा पहिले सरकारबाट बाहिरिएका हौँ । हामी बाहिरिएकै कारण प्रधानमन्त्री ज्यूले विश्वासको मत लिने अवस्था भयो’ श्रेष्ठले भने, ‘त्यसैले हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा भएन । हामी प्रतिपक्षमै बस्छौँ ।’

 

नेकपा एमाले भने प्रमुख प्रतिपक्षमै बस्ने निर्णय गरी सकेको छ । सरकारबाट बाहिरिए लगतै एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । आगामी चैत दोस्रो साताभित्र मन्त्रिपरिषद् पुनर्गठन भइसक्ने माओवादी निकट नेताहरूले बताएका छन् ।

काठमाडौंः   राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ ।   नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौंमा आयोजित...

थप पढ्नुहोस्

काठमाडौँ:   नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा बिहीबार पेसी तोकिएको छ ।     ...

थप पढ्नुहोस्

चितवन:  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ।   राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालि...

थप पढ्नुहोस्