हवाई उडानसँगै गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा जोड

पाेखरा | फागुन २८, २०७९

हवाई उडानसँगै गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा जोड

पोखरा:    गण्डकी प्रदेश र कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र पर्यटन व्यवसायीबीच झापाको भद्रपुरमा अन्तरक्रिया गरिएको थियो । बुद्ध एयरले पोखराबाट झापा (भद्रपुर) सिधा उडान गरेसँगै उत्साहित पोखराका पर्यटन व्यवसायीले गन्तव्य पोखरा कार्यक्रममार्फत कोशी प्रदेशका स्थानीय तह र त्यहाँका पर्यटन व्यवसायी एवं पत्रकारसँग अन्तरक्रिया गरेका हुन् । 


पोखरा पर्यटन परिषद्को आयोजना, नाट्टा गण्डकीको संयोजनमा भएको अन्तक्र्रियामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र भद्रपुर हवाई उडानले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने र यसका लागि पर्यटकीय गन्तव्य र गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो ।


उहाँले पर्यटन बृहत् विषय भएकाले कुनै सानो कुराको प्रभाव पर्यटनमा प्रत्यक्ष पर्ने भएकाले आतिथ्यतालगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले घुम्नैपर्ने सहरको रूपमा आफ्नो स्थान बनाएको पोखरालाई एउटा सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुरुप पर्यटन पूर्वाधारका महानगरले काम गरिहेको जानकारीसमेत दिनुभयो । सोही अवसरमा प्रमुख आचार्यले एसियाली विकास बैंक (एडिबी)ले पोखराको दिगो पर्यटन र विकास परियोजनामा सहकार्यका लागि पोखरा महानगरले प्रस्ताव गरेको १५ वटा परियोजना छानिएर सम्झौता भएको जानकारी दिनुभयो ।


उहाँका अनुसार पोखरा पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने यस परियोजना तीन वर्षभित्र सक्ने लक्ष्य छ राखिएको छ, यति नभए पनि पाँचदेखि सात अर्वसम्मको हुनसक्ने अनुमान गरिएको छ । यस परियोजनाले पोखराको पर्यटन विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको आचार्यले बताउनुभयो ।


भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले पर्यटन विकासका कुनै एक क्षेत्र मात्र नभई सबै सरोकारवालाको सहकार्य र समन्वयको आवश्यक औँल्याउनुभयो । उहाँले पोखरा र भद्रपुर उडानले गण्डकी र कोशी प्रदेश गन्तव्य प्रवद्र्धन, उत्पादित सामग्रीको बजारीकरणलगायतका भारतीय पर्यटनको आवागमनलाई पनि बढाउने विश्वास व्यक्त गर्नुभयो  । उहाँले सुन्दर प्राकृतिक सहर पोखरालाई झापासँग अब एक घण्टा १० मिनेटको यात्राले घुम्न सहज बनाइदिएको जनाउँदै यसलाई अवसरका रूपमा लिएर दुई प्रदेशको पर्यटन प्रवद्र्धनका लागि सहकार्यको आवश्यता औँल्याउनुभयो ।


नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पर्यटनका लागि हस्पिटालिटी, कनेक्टिभिटी, मार्केटिङ र पूर्वाधारको अपरिहार्यतामा जोड दिनुभयो । उहाँले विविध क्षेत्रलाई पर्यटनमा समेट्दै दिगो पर्यटन विकासका लागि प्रादेशिक संरचनाबाट पर्यटन बोर्ड स्थापनाको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।


पोखरा पर्यटन परिषद्का कार्यवाहक अध्यक्ष कृृष्ण भण्डारीले कनेक्टिभिटीले पर्यटनलाई चलायमान बनाउने भएकाले एकअर्को स्थानको गन्तव्य पहिचान र प्रवद्र्धनका लागि सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो ।

 
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरा–भद्रपुर उडान आन्तरिक पर्यटकमात्र नभई भारतीय पर्यटकलाई पनि अब पोखरा आउन सहज भएको बताउनुभयो । उहाँले पोखरा–भद्रपुर उडानमा यात्रुले माउण्टेन फ्लाइटमा जस्तै विश्वको अग्लो सगरमाथाको अवलोकन गर्दै नेपालको होचो ५८ मिटर रहेको कचनकवलको भू–भागको पुगेर भौगोलिक अवस्थितिको अध्ययन र अवलोकनसमेत गर्न पाइने सुन्दर पक्षको चर्चा गर्नुभयो ।


कार्यक्रममा कन्काइ नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईँ, रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो,  कचनकवल गाउँपालिका अध्यक्ष कलेन्द्रसिंह राजवंशी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासङ्घ झापा अध्यक्ष एकराज गिरीलगायतले पर्यटनको एकृकीत विकासमा जोड दिँदै दुई प्रदेशको हवाई उडानले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।


वक्ताहरूले कोशी प्रदेश राजनीतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिकलगायतका विशेषतायुक्त प्रदेश भएकाले यसलाई विभिन्न तरिकाबाट प्रवद्र्धन गर्न सकिनेमा जोड दिनुभयो । सहभागी वक्ताहरूले दक्षिण एसियामै उत्कृष्ट मानिएको जैविक विविधतायुक्त जलथल वनक्षेत्र, महाभारतकालीन कथाको प्रसङ्गमा जोडिएको किच्चक वध, चिया बगानको सुन्दरता, त्यस क्षेत्रमा उत्पादित सामग्रीलाई पनि कसरी प्रचार–प्रसार प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राख्नुभएको थियो । भद्रपुर नगरपालिका र पोखरा महानगपालिकाको सहयोगमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटनलाई सबैको पहुँचमा पु¥याउने हवाई उडानको नियमितता र सडक पूर्वाधारको विकासमा जोड दिनुभएको थियो ।

काठमाडौँ:   फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।   आज शुक्र...

थप पढ्नुहोस्

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले  भोलि (शनिबार) आयोजना गर्ने २२ औं खुला रक्तदानको तयारी पुरा भएको छ ।   रेडियोले सामाजिक उत्तरदायित्व अन्र्तगत यसवर्ष पनि “स्वास्थ्यका ला...

थप पढ्नुहोस्

कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

थप पढ्नुहोस्