सुहानालाई गण्डकी डान्सको उपाधि

पाेखरा | फागुन २८, २०७९

सुहानालाई गण्डकी डान्सको उपाधि

पोखरा:    नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो डान्स गण्डकी डान्सको उपाधि सुहाना गुरुङले जितेकी छन् । उपाधि सगैँ उनले नगद ५० हजार रुपैँयाको साथमा एक थान मोबाइल र बिभिन्न गिफ्ट  प्राप्त गरिन । 


शुक्रबार पोखरा उद्योग बाणिज्य सघंको सभाहलमा आयोजना भएको ग्राण्ड फिनालेमा उनले अन्तिम ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन। 


उनी हाल पोखरा २ मा रहेको लाभिन रेसिडेन्सियल स्कुलमा कक्षा ३ मा अध्ययनरत रहेकी  छिन् ।


उक्त प्रतियोगिताको फ्ष्ट रनर अफमा युना पुन,सेकेन्ड रनर अफमा अप्सरा क्षेत्री, तेस्रोमा दिब्या गुरुङ,चौथो रनर अफमा आयुसा पोख्ररेल ,भिवर च्वाईसमा सुजाता थापामगर, बेष्ट प्रर्फमरको उपाधि सिमा बिकले हात पार्न सफल भइन । 


जस अन्तरर्गत फष्ट र सेकेन्ड  रनरअफले  एक थान मोबाइल सेटको साथमा नगद  १० हजार रुपैयाँ प्राप्त गरे ।


१० ओटा चरणमा पार गरि  डान्सको फाइनल कार्यक्रम भएको हो। 


ग्रान्ड फिनाले प्रतियोगिताको जर्जको रुपमा नृत्य निर्देशक एब्म कोरियोग्राफर  महेश गोदार,धमेन्द्र पौडेल, रोशनी छिनाल रहेका थिए । 


यस अघिका चरणहरुमा जर्जको रुपमा नायक तथा नृत्य निर्देशक बिजय तामाङ,नृत्य निर्देशन मनिष सिङ,सृजना आले,रक्षा कुँवर , जिफानका पुर्ब अध्यक्ष एब्म गुरुङ चलचित्रकि नायिका जसु गुरुङ र कोरियोग्रफर कमल गुरुङ रहेका थिए । 


कार्यक्रममा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआजी बुद्धिराज गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशमा रहेका नृत्य प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु  निरन्तर हुनु आवश्यक रहेको जनाए ।


कार्यक्रमको मुख्य प्रयोजकको रुपमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम निर्देशक कमलराज खनाल,ब्यवस्थापक रोहन गुरुङले गरेका थिए ।

पोखरा:  इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...

थप पढ्नुहोस्

कञ्चनपुर:   गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...

थप पढ्नुहोस्

कैलाली:   गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।  मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...

थप पढ्नुहोस्