महिला र पुरुषबीचको विभेद अन्त्य हुनुपर्छ: प्रदेश प्रमुख गुरुङ

पाेखरा | फागुन २४, २०७९

महिला र पुरुषबीचको विभेद अन्त्य हुनुपर्छ: प्रदेश प्रमुख गुरुङ

पोखरा:   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले महिला र पुरुषबीचको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।


अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार’ भन्ने राष्ट्रिय लक्ष्यलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घ संस्था तथा राज्यका सबै निकाय अग्रसर हुनुपर्ने बताउनुभयो ।

    
लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी रहेको उहाँको भनाइ छ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरिएको सन्देशमा उल्लेख छ ।

    
नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्नका निम्ति महत्त्वपूर्ण प्रावधानको व्यवस्था गरेको भन्दै सन्देशमा यसबाट महिलाप्रति हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको भनिएको छ । संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभएको छ । 
    

पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकमा नेपालले प्रगति गर्दै आएको देखिएकाले यसका प्रयास परिणाममुखी चरणमा रहेको भन्दै उहाँले यसबाट  नेपाली महिलाको प्रतिष्ठा अभिवृद्धि हुँदै गएको आफूलाई लागेको बताउनुभयो । 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्