समाज रुपान्तरणमा महिलाहरुको भूमिका उल्लेखनीयः प्रमुख मानन्धर

स्याङ्जा | फागुन २२, २०७९

समाज रुपान्तरणमा महिलाहरुको भूमिका उल्लेखनीयः प्रमुख मानन्धर

स्याङ्जा:    स्याङ्जाको हरीनास गाउँपालिका स्याड्जामा महिला शसक्तिकरण तथा क्षमता विकासका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन भएको छ । 


हरीनास गाउँपालिका स्याङजाद्घारा महिला जनप्रतिनीधिहरुको क्षमता अभिवृद्धिका लागि आयोजित तालिमको समापनमा  बोल्दै प्रमुख अतिथी हरीनास गाउँपालिकाका अध्यक्ष खीम नारायण मानन्धरले समाज रुपान्तरणमा महिलाहरुको भूमिका उल्लेखनीय हुने बताए । बोल्ने कलाको विकासले महिलाहरु अगाडी बढन निकै सहयोगी हुदा सफल नेतृ बन्न यो तालिम सहयोगी हुने उनले  विश्वास व्यक्त गरे ।


 त्यस्तै पुर्व वडाध्यक्ष तथा स्वकीय सचिव पर्शुराम सिग्देलेले छोटो समयको तालिमले महिलाहरुमा आएको परीवर्तन देख्दा खुशी लागेको बताए । कार्यक्रममा प्रशिक्षक तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली ,वडा सदस्य गुन्जन मानन्धर लगायतकाले मन्तव्य राखेका थिए भने तालिममा सहभागीहरुले समापन कार्यक्रमको सञ्चालन र सिकाईका अनुभवहरु बाँडेका थिए । 


करिव १८ जना सहभागी तालिमको समापन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष इन्दा्र कुमारी थापा रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिमको संयोजन महिला तथा वालवालिका शाखा संयोजक शुकु माया थापाले गरेकी थिइन ।
 

पोखरा:  इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...

थप पढ्नुहोस्

कञ्चनपुर:   गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...

थप पढ्नुहोस्

कैलाली:   गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।  मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...

थप पढ्नुहोस्