विन्ध्यवासिनी मावि ,वरपाटनका पूर्व विद्यार्थीहरुको रजत वर्ष पुनर्मिलन कार्यक्रम सम्पन्न

काठमाडाैं | फागुन १४, २०७९

विन्ध्यवासिनी मावि ,वरपाटनका पूर्व विद्यार्थीहरुको रजत वर्ष पुनर्मिलन कार्यक्रम सम्पन्न

पोखरा:  पोखरा महानगरपालिका–२, अर्चलबोट ,वरपाटनमा रहेको श्री विन्ध्यवासिनी माध्यामिक विद्यालय बाट वि.स २०५३र५४ सालमा विद्यालयको अध्ययन पछी छुटेका भुतपूर्व विद्यार्थीहरुले विद्यालय छाडेको २५औं वर्ष (रजत वर्ष) को उपलक्ष्यमा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न गरेका छन ।


पोखरा ११ काहुं डाडा मा सम्पन्न भएको विद्यार्थी पुनर्मिलन तथा भेटघाट कार्यक्रममा ३७ जना पुर्व विद्यार्थी हरुको सहभागिता रहेको थियो ।कार्यक्रमको लागी पुर्व विद्यार्थीहरु बुट वल ,चितवन,दमौली र काठमाण्डौ बाट समेत पोखरा आएका थिए ।


 “व्यक्तिगत जिवन र पेशाले देशका बिभिन्न ठाउ मा भएका समकंक्षी हरु समेत सहभागी हुन आएकोले पुनर्मिलन कार्यक्रम सोचेको भन्दा राम्रो बन्यो” पुनर्मिलन कार्यक्रमका संयोजक  जिवन अधिकारिले बताए । 


साथै भेलाले भविष्यमा समेत यस्ता कार्यक्रमको संयोजन तथा समुहको तर्फ बाट संभव हुने सामाजिक काममा सहकार्यको लागी ११ सदस्यीय बर पाटन समुह समेत गठन गरेको छ । प्रदिप पराजुलिको अध्यक्षतामा गठित समुहको उपाध्यक्षमा जिवन अधिकारि,द्वतिय उपाध्यक्ष सुधिर श्रेष्ठ ,सचिव धन बहादुर मगर र कोषाध्यक्ष इन्दु तामाङ रहेका छन । त्यसै गरी समुहका सदस्यहरु सुवास सैंजु,रीता अधिकारी,हरी वराल ,सुजित कार्कि,रमेश घिमिरे, र शुभ(दर्शन पुन रहेका छन ।

पोखरा:    आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् ।   पो...

थप पढ्नुहोस्

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...

थप पढ्नुहोस्

पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

थप पढ्नुहोस्