चितवनबाट आधा क्वीन्टल गाँजासहित दुईजना पक्राउ

चितवन | फागुन ८, २०७९

चितवनबाट आधा क्वीन्टल गाँजासहित दुईजना पक्राउ

चितवन : पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एकजना नाबालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

आज बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको वा३च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद गरिएको हो । 

 

पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्